४ वैशाख २०८१ मंगलबार
अन्य

हामी किन आफैंजस्तो साथी खोज्छौं ?

म्याथ्यु हट्सन
जब हामी कुनै बिजनेस गर्नेबारे सोच्छौं, हामी आफूभन्दा भिन्दै सोचका मानिसहरुसँग काम गर्न रुचाउँदैनौं । आफूभन्दा फरक किसिमको मानिसलाई लिएर बिजनेस गर्नुभन्दा बरु बिजनेस नै नगर्ने पक्षमा पुग्छौं । ‘दुःखी हुनुभन्दा बरु सुरक्षित हुनु राम्रो’ भन्ने सोचले हामी आफ्नो साथी पनि आफ्नै सोचजस्तो होस् भन्ने निष्कर्षमा पुग्छौं ।
केही समयअघि गरिएको एउटा शोधमा के पाइयो भने, २९१ जना नवविवाहित जोडीमध्ये अधिकांशको मूल्य मान्यता, धार्मिक सोच र राजनीतिक सोच उस्तै रहेको पाइयो । वैज्ञानिकहरुले यसलाई पोजिटिभ एसोर्टेटिभ मेटिङ नामाकरण गरेका छन् । फरक विचारधाराका व्यक्तिबीचको सहकार्य वा वैवाहिक कार्यलाई नेगेटिभ एसोर्टटेटिभ मेटिङ भनिन्छ ।
उस्तै सोच हुनेहरुबीचको सहकार्यका कुरा मानिसमा मात्र लागू हुँदैन । जनावरहरुमा पनि उस्तै हुन्छ । तपाईंले ख्याल गर्नुभयो भने के पाउनु हुन्छ भने प्रायः जनावरहरुमा पनि आफू जत्रै, जस्तैलाई मात्र आफूसँगै लिएर हिँड्छन् । उस्तै, उत्रै र रङ पनि फरक नहुनेबीचको सामीप्य बढी हुन्छ । जनावरमा मात्र होइन, मानिसहरुमा पनि यस्तै प्रवृत्ति बढी पाइन्छ । एउटा अध्ययनअनुसार, प्रायः अनलाइनमा बिहेका लागि दुलही खोज्नेले आफ्नै धर्म, सम्प्रदायका व्यक्तिहरु खोजिरहेको हुन्छ ।
आफ्नै अनुहारसँग मिल्दोजुल्दो व्यक्तिलाई मानिसले मन पराउने गरेको अचम्मको तथ्यसमेत फेला परेको छ ।
घुलमिल हुन रुचाउने व्यक्तिले आफ्नी श्रीमती पनि उस्तै भएको हेर्न चाहेको सेनेगलको एउटा गाउँमा गरिएको अध्ययनले देखाएको थियो । सबैभन्दा कम चासो राख्ने मानिसले पनि अरुप्रति कम चासो राख्ने व्यक्ति नै खोजेको एउटा अध्ययनले देखाएको थियो । डिप्रेसनले सताएको वा बाइपोलर डिसअर्डर भएका व्यक्तिले पनि आफूजस्तै मानिस खोज्ने गरेको पनि अर्को अध्ययनले देखाएको छ । हुँदाहुँदा एउटा रक्स्याहाले अर्को रक्स्याहालाई रुचाउँछ । भलै उनीहरुको जीवन पछि ध्वस्त किन नहोस् !
धेरै जसो मानिसले आफ्नो पार्टनर छान्दा सामाजिक–आर्थिक अवस्थासँग मिल्दोजुल्दो मानिस नै छान्ने गर्दछ । बराबरी आम्दानी हुने, उस्तै शैक्षिक अवस्था भएको र सांस्कृतिक विचारधारा उस्तै हुने जोडी खोज्छ मान्छे ।
धार्मिक मान्छेले चर्च वा मन्दिरमा आफ्नो जोडी फेला पार्छ । धनी युवा÷युवतीले कलेजमा आफ्नो जोडी फेला पार्छन् । शारीरिक रुपमा अनाकर्षक मानिसले आफ्नो लक्ष्यलाई सम्झौता गर्दै कम आकर्षक व्यक्तितिर आँखा लगाउने गरेको पनि अध्ययनले देखाएको छ ।

 

प्रकाशित: १९ श्रावण २०७४ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App