७ वैशाख २०८१ शुक्रबार
समाज

हजयात्राका लागि १२ सय छानिए

कपिलवस्तु- यसवर्ष मुलुकभरबाट एक हजार दुई सय मुस्लिम धर्मावलम्बी हज यात्रामा जाने भएका छन्। केन्द्रीय हज कमिटी बैठकले विभिन्न २९ जिल्लाबाट उनीहरूलाई हजका लागि छनोट गरेको हो। अघिल्लो वर्षको वर्षको तुलनमा यस वर्ष दुई सय कोटा थप गरिएको हो। अघिल्लो वर्ष एक हजार जना मात्र हजका लागि मक्का जान पाएका थिए। यस वर्ष हजयात्रामा जाने संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

यसवर्ष कपिलवस्तुबाट सबैभन्दा बढी एक सय ७९ जना यात्रामा जान लागेका हुन। यस्तै  सुनसरीबाट एक सय ४५, र रुपन्देहीबाट एक सय ३५ हज गर्न जान पाउने भएका छन्। बा“केबाट एक सय आठ, रौतहटबाट ६५, काठमाडौं र सिरहाबाट ६०/६० जना जान पाउने भएका छन्। त्यसैगरी सप्तरी र मोरङबाट ५६/५६, धनुषाबाट ३६, नवलपरासीबाट ३३ र महोत्तरीबाट ३० जना जान पाउने भएका छन्। बाराबाट २२, सर्लाहीबाट २१, सप्तरीबाट १६, गोरखाबाट १३ र झापा र तनहुबाट १२/१२ जना हजका लागि छनोटमा परेका छन्। स्याङ्जाबाट नौ, बर्दिया र दाङबाट आठ/आठ, अर्घाखा“चीबाट सात, पाल्पाबाट पाँच, कास्कीबाट चार, सुर्खेतबाट तीन र पर्वत, चितवन, मकवानपुर तथा कैलालीबाट दुई/दुईजना हज यात्रामा जान पाउने छन्। 

गत वर्ष जान नपाएका पुराना आवेदकतर्फ जिल्लामा दर्ता रहेका एक सय २७ जना तथा केन्द्रमा दर्ता गराएका चार जना गरी एक सय ३१ र यस वर्ष कपिलवस्तुमा आवेदन दिएका दुई सय १२ नयाँ आवेदकमध्ये ४८ गरी एक सय ७९ जना छनोटमा परेको बताईएको छ। मुस्लिम बहुल क्षेत्र भएकाले यस जिल्लाबाट हजयात्रामा जाने सबैभन्दा बढी हुने गर्छन्। 'मुस्लिम धर्मावलम्बी धेरै भएको जिल्लाबाट दुई सय कोटा थप हँुदा पनि आठ जना मात्र जान पाउनु न्यायसंगत भएन,' मुस्लिम अगुवा अब्दुल रसिद खाले भने, 'निर्णय पुनरावलोकन गर्नुपर्छ।' उनले ३५ जना सम्म थपिनु पर्ने माग गरे। हज कमिटीको निर्णयबाट आफू सन्तुष्ट नरहेको केन्द्रीय हज कमिटीका सदस्य रउफअहमद खा“ले बताए। हजयात्री छनौट गर्ने काम ७ सदस्यीय कार्य सम्पादन समितिले गरेको हो।

पुराना आवेदक र ७५ वर्ष माथिकालाई प्राथमिकता दिने भने पनि जिल्लाको मायादेवी गाउँपालिका बलुहवाकी कमर जहाका श्रीमान् र सासु छनौटमा परे पनि आफू नपरेको दुखेसो गरिन्। 'अब के गर्ने जाने नजाने विषयमा अन्योलमा छु,' उनले भनिन्। पुराना आवेदक र ७५ वर्ष माथिका आवेदकलाई प्राथमिकतामा राखेर जिल्ल्ाालाई कोटा वितरण गरेको केन्द्रीय हज कमिटीका अध्यक्ष मोहम्मद सोयब सिद्दिकीले बताए। ' देशभरबाट हजयात्राका लागि दुई हजार आवेदन परेका  थियो' उनले भने, 'न्याय संगत रूपमा कोटा बाँडेका हौं,'  देशभरका हजयात्री दश चरणमा अगस्त १० देखि १९ तारिखसम्म साउदी अरेबियाको मक्काका लागि प्रस्थान गर्नेछन्। हजयात्री काठमाडौ–युएई हँुदै साउदीको जेद्दा पुग्नेछ। चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरी सम्भवतः २ सेप्टेम्बर (भदौ १७) का दिन पैगम्बर मोहम्मदको जन्मस्थान (खान ए कावा) मा परिक्रमा गरी मक्काको मिना मुद्दिलफा आराफातमा पाँच दिन बसेर नवाज अदा गर्नेछन्। त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पूरा हुनेछ।

प्रकाशित: १९ श्रावण २०७४ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App