coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

सल्यान – यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्। 

दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन्। 

विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ नभएकाले विद्यालयमा ताला लगाइएको विद्यार्थी दलबहादुर दाहालले जानकारी दिए । विद्यालयमा स्वच्छ खानेपानी तथा शौचालय निर्माण तथा खेल सामग्रीतर्फ पनि प्रशासनको ध्यान नगएको विद्यार्थीको गुनासो छ। 

आफूहरुको माग सुनुवाइ नभए ताला नखोलिने दाहालले जानकारी दिए। विद्यालय प्रशासनले विद्यार्थीका जायज माग पुरा गर्न तयार रहेको बताएको छ । रासस 

प्रकाशित: १८ श्रावण २०७४ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App