८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारी निकाय पुनःसंरचना ०७४ जेठभित्र

काठमाडौं- सरकारी निकायलाई संघीय प्रशासनअनुसार पुनःसंरचना गर्न गठित समितिले ०७४ जेठभित्र काम सक्नेगरी काम सुरु गरेको छ। मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा रहेको संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले कार्ययोजनाअनुसार काम गर्ने भन्दै ५ वटा अध्ययन समूह बनाएको छ। सामाजिक, आर्थिक, पूर्वाधार, सुरक्षा तथा शासकीय प्रबन्ध, संवैधानिक निकाय, संसद्, कानुनलगायत समूहगत कार्यदल बनाइएका हुन्। सुवेदीले २०७४ जेठभित्र काम सक्न सबै कार्यदललाई निर्देशनसमेत दिएका छन्। कार्यदलमा सरकारी निकायका ३४ जना सहसचिव छन्।

मुख्यसचिव सुवेदीले व्यावसायिक दक्षताको अधिकतम प्रयोग गरी राष्ट्रसेवकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कार्यदललाई निर्देशन दिएका छन्। उनले जेठ मसान्तभित्र प्रशासन पुनःसंरचनासम्बन्धी सबै काम सक्नेगरी कार्ययोजना तयार गरी काम थाल्नसमेत निर्देश गरेका हुन्। कार्यदलले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना खाका तयार पारी सरकारी निकायलाई आवश्यक पर्ने जनशक्तिको अनुमान गर्नुपर्नेछ। कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहको संगठन संरचनामा समायोजन गर्न कार्यदलले अध्ययन गर्नेछ।

मुख्यसचिव संयोजकत्वमा रहेको समितिले कर्मचारी प्रशासन पुनःसंरचनाको कार्ययोजना बनाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए। उनले भने, 'संविधानअनुसार कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा ५ वटा समूहले कार्ययोजना बनाएर अध्ययन थाल्नेछ। अध्ययनपछि समितिमा सिफारिस गर्नेछ।'

प्रकाशित: १० श्रावण २०७३ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App