coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका ७ रोक्तीका ३३ वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो। 

उनी मंगलबार दिउँसो ३ बजेतिर रोक्ती बजार जान भनी घरबाट निस्किएका थिए। बजारबाट फर्कने क्रममा साँझ करिब ५ बजेतिर उनलाई खोलाले बगाएको हो । घरदेखि नजिकैमा पर्ने खोलाले बगाएर उनलाई केही तल खोलाको किनारको बाँसझ्याङमा ल्याएको थियो । लगातारको वर्षासँगै खोलामा बाढी समेत आएको र खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । 

बुधबार दिउँसो ३ बजेतिर स्थानीयले राईको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । उनको शव बाँसझ्याङमा घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । 

प्रकाशित: १८ श्रावण २०७४ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App