coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वाइन फ्लुबाट दुई महिलाको मृत्यु

सुरुङ्गा –  स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ। 

दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छिन् । उनीहरूको स्वाइनफ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै झापामा स्वाइनफ्लु रोग फैलने त्रास बढेको छ । 

श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए। 

सात दिनसम्म अस्पतालमा राखेर उपचार गरेपनि बिरामी झन् सिथिल बन्दै गएपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत अनितालाई दिल्लीस्थित एपोलो हस्पिटल पु¥याइएको थियो । अस्पताल पु¥याएलगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लु भएको आशंका गरेका थिए । उक्त अस्पतालका डा एमएस कनवर तथा डा अन्सारीसहितको १८ जनाको टोलीले अनिताको उपचार गरेपनि अस्पताल पु¥याएको ७२ घण्टा बित्न नपाउँदै मृत्यु भएको श्रीमान् राजुले बताए । 

अनिताको यही साउन १ गते अस्पतालमा मृत्यु भएको थियो । सोही अस्पतालमा स्वाइनफ्लुका कारण साउन १५ गते राति मनिषाको पनि मृत्यु भएपछि बिर्तामोडमा स्वाइनफ्लु रोगको संक्रमण फैलिएको आशंकाले यहाँका सर्वसाधारण त्रसित बनेका छन् । 

स्वाइन फ्लुका लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातार जसो हाछ्युँ आउँछ । शरीरमा कमजोरी, आलस्यता, औषधि सेवन गरेपनि बिरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरीरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख पिताम्वर ठाकुरले बताए। 

स्वाइनफ्लु रोग सुँगुरबाट मानिसमा सर्ने हुनाले घरपालुवा जनावर र सुँगुरको सम्पर्कमा रहनेमा यो रोगको भाइरस सर्ने सम्भावना बढी हुन्छ । रासस 

प्रकाशित: १८ श्रावण २०७४ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App