coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

सिन्धुली – साउन २५ गते हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा सिन्धुलीमा नेपाली काँग्रेस र नेकपा एमालेको तालमेल पक्का भएको छ । 

नेकपा एमालेले काँग्रेसलाई प्रमुख पद दिएर अन्य सदस्य लिनमा सहमत भएपछि यस्तो तालमेल भएको हो । तालमेल अनुसार नेपाली काँग्रेसका उम्मेदवारनै जिल्ला समन्वय समितिको प्रमुख हुने पक्का भएको छ । मुख्य निर्वाच अधिकृत पर्शुराम भट्टराईका अनुसार सोमबार मतदातको नामावली प्रकाशन गरी निर्वाचनको प्रक्रिया अगाडि बढाइसकिएको छ। 

नामावली अनुसार मतदानमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, उपमेयर मञ्जु देवकोटा, दुधौली नगरपालीकाका प्रमुख घनश्याम राउत, उपमेयर वालकुमारी अधिकारी, तीनपाटन गाउँपालीका अध्यक्ष कर्ण थापामगर, उपाध्यक्ष पदममाया तामाङ, फिकल गाउँपालीका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्प कार्की, उपाध्यक्ष गंगा श्रेष्ठ, सुनकोसी गाउँपालीका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष दीर्बुसिंह मोक्तान, मरिण गाउँपालिका अध्यक्ष पानीराज वम्जन, उपाध्यक्ष संगिता माझी, घ्याङलेक गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, उपाध्यक्ष दुर्गादेवी सुनुवार र हरिहरपुरगढी गाउँपालिका प्रमुख कार्साङ तामाङ र उपाध्यक्ष अनिताकुमारी राईले मतदान भएका छन् । 

देशभरी नेकपा माओवादी र नेपाली काँग्रेसबीच तालमेल गर्न निर्देशन भएपनि सिन्धुलीमा भने नेकपा एमालेसँग तालमेल गरी अगाडि बढ्ने निश्चित भएको काँग्रेस स्रोतले जनाएको छ । नेकपा एमालले प्रमुख पदमा लचकता अपनाएपछि यस्तो निर्णय भएको हो । निर्वाचन कार्यतालिका अनुसार साउन २० गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, २१ गते मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्र्ने, २३ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साउन २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी २५ गते निर्वाचन हुने छ । 

प्रकाशित: १८ श्रावण २०७४ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App