७ वैशाख २०८१ शुक्रबार
समाज

त्रिशुली अस्पतालमा फार्मेसी सेवा सञ्चालन

नुवाकोट – नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा फार्मेसी सेवा सञ्चालनमा आएको छ । नेपाल सरकारको निर्णय अनुसार सरकारी अस्पतालले आफैँले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएकोले नेपाल सरकारकै पाँच लाख रुपैयाँको सहयोगमा अस्पतालले फार्मेसी सेवा सञ्चालनमा ल्याइएको हो। 

अस्पतालको निगरानीमा चल्ने गरी सञ्चालनमा आएको फार्मेसीको औषधि उपभोक्ताले किन्दा पाँच प्रतिशत छुट हुने निमित्त मेडिकल सुपरिटेन्डन डाक्टर सूर्यप्रसाद भुषालले बताए । “फार्मेसीले ५० किसिमको औषधि निःशुल्क र ७४ किसिमको औषधि सशुल्क उपलव्ध गराउनेछ । फार्मेसीले सस्तो दरमा २४ सै घण्टा सेवा उपलब्ध हुनेछ ।” निमित्त मेडिकल सुपरिटेन्डन डाक्टर भुषालले भने।

अस्पताललाई प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले फार्मेसी सेवालाई प्रभावकारी ढङ्गले निरन्तरता दिन र चिकित्सकले दिने पुर्जी अनुसार औषधि उपलब्ध गराउन सुझाव दिएका छन् । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बिरामीलाई लाभ पुर्‍याउन शुन्य आम्दानी हुनेगरी कम्तिमा पनि बीस प्रतिशत छुट सेवा कार्यान्वयन गर्न माग अस्पताल समक्ष गरेका छन् । अस्पतालको खस्कदो अवस्थालाई सुधार गर्न फार्मेसी सेवाले सहयोग पुग्ने विश्वास मेयर पण्डितले लिएका छन्। 

नुवाकोट, रसुवा र धादिङकै एक मात्र पुरानो अस्पताल त्रिशुली अस्पताल २०६९ बैशाख ७ देखि ५० शैयामा सञ्चालित छ। त्यस अघि अस्पतालको क्षमता १५ शैयाको थियो। अस्पतालले दिने सुविधालाई गुणस्तरीय पार्दै लैजाने अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले प्रतिवद्धता जनाएका छन्। 

प्रकाशित: १८ श्रावण २०७४ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App