coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

काठमाडौँ- मधेसकेन्द्रित विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ। नयाँ कार्यालय बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा छ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आज उद्घाटन गरिएको हो ।
राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्तरूपमा झण्डोत्तलन गरे। अध्यक्ष मण्डलका अर्को नेता राजकिशोर यादव भने उपत्यका बाहिर भएकाले अनुपस्थित थिए।

कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको छ ।

पार्टी एकिकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव पेश हुने र राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने अध्यक्ष मण्डलका नेता अनिल झाले राससलाई जानकारी दिए। बैठक तीन दिनसम्म चल्ने राजपाले जनाएको छ। रासस

 

प्रकाशित: १८ श्रावण २०७४ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App