७ वैशाख २०८१ शुक्रबार
राजनीति

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धन विजयी

जाजरकोट- जिल्ला समन्वय समिति गठनका लागि  जाजरकोटमा वुधवार भएको निर्वाचनमा  नेपाली काँग्रेस र  नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। काँग्रेस माओवादी गठवन्धनको तर्फवाट माओवादी केन्द्रका मनवहादुर रावल संयोजक र काँग्रेसका ज्ञानीप्रसाद शर्मा उपसंयोजकमा विजयी भए। १४ मतदाता रहेको जाजरकोटमा ९ पदका लागि भएको निर्वाचनमा काँग्रेस माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ।

दुइ दलको गठवन्धनको  सहमति अनुसार संयोजक सहित  ४ पदमा  माओवादी केन्द्र  र  उपसंयोजक सहित ५ पदमा काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । समन्व समिति सदस्यहरुमा माओवादी केन्द्रका सरस्वती विष्ट,वीरवहादुर रावत र गरिमा शाही निर्वाचित भएका छन् । यस्तै काँग्रेसका तेजविक्रम शाह,कल्दर सिंह,जनक वादी र जनकिरी दमाइ पनि सदस्यमा विजयी भएका छन्।  एमालेको तर्फवाट  कांग्रेस माओवादी गठवन्धनका विरुद्ध आफनो एकल  उम्मेदवारी दिएका संयोजक पदका प्रत्यासी गौरीवहादुर कार्की  र उपसंयोजमा प्रत्यासी वनेकी कमलाकुमारी शाही लगाएत अन्य सदस्यहरुले ६ मत प्राप्त गरेका थिए।

 

प्रकाशित: १८ श्रावण २०७४ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App