coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुष्पलाल लोकमार्गमा ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

बागलुङ- जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन्।

मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताए।

“चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” हवल्दार भट्टराईले भने, “पहिरोबाट उद्धार गरी उपचारको लागि अस्पताल पुर्‍याइएको छ।” ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।

डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको ११ नं वडाका अध्यक्ष डम्बर श्रीसले बताए। पहिरो साँझपख खसेको र पानी परिरहेको हुँदा तत्काल पहिरो पन्छाउन नसिएको उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार पहिरो हटाएपछि आज दिउँसोदेखि सडक सुचारु हुनेछ। रासस
 

 

प्रकाशित: १८ श्रावण २०७४ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App