८ वैशाख २०८१ शनिबार
कला

काजोललाई तमिलको तनाव

मुम्बई-बोलीचालीको भाषा भन्दा फरक भाषाको फिल्ममा काम गर्दा जोकोही कलाकारलाई पनि निकै गाह्रोपर्छ । बलिउड अभिनेत्री काजोलले पनि बलिउडमा दर्जनौं फिल्ममा अभिनय गरिन् । यी फिल्ममा कुनै भाषाको समस्या नझेलेकी उनले तमिल भाषाको फिल्ममा भने भाषाको ठूलै झन्झट व्यहोरिन् । पछिल्लो पटक तमिल फिल्म ‘भिआइपी २’मा धनुषसँग देखिएकी काजोलले आफूले पहिला तमिल फिल्ममा काम गर्दाको स्मरण गरिन् ।
काजोललाई तमिल भाषामा कति धेरै समस्या परेछ भने उनले पहिले तमिल फिल्म खेल्दा  सपना पनि तमिल फिल्मकै स्क्रिप्ट पढ्दै गरेको देखेकी रहिछन् । ‘ फिल्म खेलिरहँदा सुतेको समयमा पनि स्क्रिप्ट मात्र पढ्थे । मलाई फिल्मको संवाद कण्ठ गर्न निकै गाह«ो भएको थियो । यति धेरै पढाई त मैले कक्षा १० मा पढ्दा पनि गरेको थिइन्,’उनले भनेकी छन्,‘त्यसपछि मैले जिन्दगीमा अब कुनै पनि अन्य भाषाका फिल्ममा काम नगर्ने उद्घोष गरे । यही कारण मैले आजसम्म मलयालम, बांग्ला या कुनै पनि गैह« हिन्दी भाषाको फिल्ममा काम गरिन् । फिल्मकै स्क्रिप्टका लागि त्यति लामो समयसम्म पढ्न मलाई समय छैन ।’
काजोलले फिल्म ‘भिआइपी २’का लागि धनुषले गरेको आग्रहलाई अस्वीकार गर्न नसकेको खुलाइन् । ‘फिल्मको कन्सेप्ट पनि राम्रो थियो र संवाद पनि सजिलो किसिमले लेखिएको थियो । ‘शुरुमा त मलाई निकै गाह«ो भएको थियो । तर, धनुष र फिल्मका निर्देशक सौन्दर्याले सहयोग गरेपछि काम गर्न सजिलो भयो,’उनले भनेकी छन्,‘जब म पहिलो दिन फिल्मको सुटिङ सेटमा पुगें, मैले फिल्मका निर्देशकलाई तीस पेजको स्क्रिप्टमा मेरो नाममात्र अंग्रेजीमा रहेको र बाँकी सबै तमिल भाषामा रहेको जानकारी गराएँ ।’ काजोलले आफूलाई धनुषले काम गर्न सक्ने हिम्मत देखाएपछि पहिलो दिन हेडफोन लगाएर, पेपरमा लेखेर तथा भ्वाइस नोटमार्फत फिल्मको संवाद याद गरेको बताइन् । फिल्म ‘भिआइपी २’ अगष्टमा रिलिज हुनेछ ।
 

प्रकाशित: १८ श्रावण २०७४ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App