coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिटीले स्पेन भ्रमण गर्ने

लन्डन(एएफपी)– म्यानचेस्टर सिटीले सिजन सुरु भइसकेपछि विशेष अभ्यास सिविरका लागि स्पेन भ्रमण गर्ने अनौठो निर्णय लिएको छ। प्रिमियर लिगमा यसैपालि मात्र बढुवा भएको ब्राइटनविरुद्ध अगस्ट १२ मा हुने पहिलो खेललगत्तै चार दिनका लागि पेप ग्वार्डिओलाको टोली स्पेनको जिरोना भ्रमणमा निस्कने भएको छ।

जिरोना भ्रमणमा ग्वार्डिओलाको सिटीले स्पेनिस ला लिगाको नवप्रवेशी जिरोनाविरुद्ध एउटा मैत्रीपूर्ण खेल पनि खेल्नेछ । सिजन विश्रामका बेला तयारी दौरान बिदामा बसेका कारण आफूसँग नरहेका खेलाडीलाई नयाँ सिजनका लागि तयार पार्न ग्वार्डिओलाले स्पेन भ्रमणलाई उपयोग गर्ने निर्णय गरेका छन् ।

‘स्पेनमा हुने विशेष अभ्यास सिविरमा ग्वार्डिओलाले आफ्ना सबै खेलाडीसँग नयाँ सिजनको तयारी तथा रणनीति बनाउन मौका पाउनेछन्,’ सिटीका फुटबल निर्देशक टिसिकी बेगिरिस्टेनले भने, ‘यसपालि सिजन विश्रामका बेला हाम्रा केही खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि आफ्नो देश गएका थिए । केही बिदामा थिए। जसका कारण प्रशिक्षकले सबै खेलाडीसँग संगठित रूपमा तयारी गर्न पाएका थिएनन् ।’

ला लिगामा डेब्यु गर्ने तयारीमा रहेको जिरोनाले पनि त्यसैको तयारीस्वरूप सिटीलाई आतिथ्य गर्न लागेको हो । ‘खासमा यो मैत्रीपूर्ण खेल दुवै टोलीका लागि एउटा राम्रो अवसर हुनेछ । ला लिगामा यात्रा सुरु गर्ने तयारीमा रहेको जिरोनालाई यो ठूलो अवसर हुनेछ । हामीलाई पनि यसले टिम संगठित गर्न सहयोग पुग्नेछ,’ बेगिरिस्टेनले भने ।

सिटीले प्रिमियर लिगको नयाँ सिजनमा दोस्रो खेलका लागि अगस्ट २१ मा एभर्टनलाई म्यानचेस्टर निम्त्याउनेछ ।

‘खासमा यो मैत्रीपूर्ण खेल दुवै टोलीका लागि एउटा राम्रो अवसर हुनेछ । ला लिगामा यात्रा सुरु गर्ने तयारीमा रहेको जिरोनालाई यो ठूलो अवसर हुनेछ । हामीलाई पनि यसले टिम संगठित गर्न सहयोग पुग्नेछ ।’

प्रकाशित: १८ श्रावण २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App