coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोनाले रोक्यो नेइमारको बोनस

बार्सिलोना(एएफपी)– ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) जाने हल्ला चुलिएसँगै बार्सिलोनाले उनलाई दिने भनिएको २ करोड ६० लाख युरो बोनस रोकेको मंगलबार क्लब स्रोतले बताएको छ।

नेइमार बुधबार बिहानबाट बार्सिलोनाको अभ्यासमा सहभागी हुने बताइएको छ ।

पिएसजीले बार्सिलोनाका नेइमारलाई विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा अनुबन्धित गर्ने प्रयासमा छ ।

‘नेइमारले बार्सिलोना बसाइलाई निरन्तरता दिनेछन् वा छैनन् हेर्न बाँकी छ ।  त्यसैले उनलाई बोनस स्वरूप दिइने २ करोड ६० लाख युरो तत्कालका लागि कानुनी रूपमा रोक्का गरिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो ।

एक वर्षअघि नेइमारले क्लबसँगको सम्झौता सन् २०१७ सम्म लम्ब्याउन सहमत भएपछि उनलाई एक वर्ष पूरा भएसँगै बोनस दिने सहमति भएको थियो । तर क्लबले उनको सरुवाका लागि भएको घटनाक्रम हेर्नका लागि बोनस रोक्का गर्ने निर्णय गरेको हो ।

सम्झौतासँगै बार्सिलोनाले नेइमारको सरुवा रकम २० करोड युरोबाट बढाउँदै २२ करोड २० लाख युरो पुर्‍याएको थियो । उक्त रकम तिर्न पिएसजीले सहमति जनाइसकेको बताइएको छ ।

नेइमारको सरुवा अहिले बार्सिलोना समर्थकका लागि मात्र नभई समग्र स्पेनिस फुटबलमा चर्चाको विषय बनेको छ ।

अमेरिकामा सिजनपूर्व खेलिएका तीनवटै मैत्रीपूर्ण अभ्यास खेलमा जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेका नेइमार भ्रमण सकिएलगत्तै चीन भ्रमणमा निस्किएका थिए ।

तर नेइमारले आफ्नो सरुवाका बारे हालसम्म केही प्रतिक्रिया दिएका छैनन् ।

बार्सिलोनाले बुधबारबाट अभ्यास सुचारु गर्दै छ । नेइमारलाई अभ्यासमा बोलाइए पनि उनी उपलब्ध हुनेमा स्पेनिस सञ्चार माध्यमले दुबिधा देखाएका छन् ।

अमेरिकामा सिजनपूर्व खेलिएका तीनवटै मैत्रीपूर्ण अभ्यास खेलमा जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेका नेइमार भ्रमण सकिएलगत्तै चीन भ्रमणमा निस्किएका थिए ।

 

प्रकाशित: १८ श्रावण २०७४ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App