७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘स्वाइन हैन सिजनल फ्लु’

काठमाडौं- स्वाइन फ्लुका नाममा चिनिने मौसमी इन्फ्लुएन्जा ‘ए’(एच१पेन्डेमिक ००९)ले प्रकोपको रुप लिँदा तीन जनाको मृत्यु भएको छ भने धेरै जनामा यसको संक्रमण देखा परेको छ ।

काठमाडांैसहित स्याङ्जा, कास्की, रुपन्देही र नवलपरासीमा रुघाखोकीजस्तै लक्षण हुने बिरामी (इन्फ्लुएन्जा लाइक इलनेस)का बिरामी बढेका छन् । प्रयोगशालाबाटै इन्फ्लुएन्जा प्रमाणित भएका ६ जना राजधानीका विभिन्न अस्पतालमा आइसियु तथा भेन्टिलेटरमा छन् । आइसियु भेन्टिलेटरमा भएकामध्ये नर्भिक अस्पतालमा सुनसरीका १ जना, ग्रान्डी अस्पतालमा ३, अल्कामा १ र ग्रिनसिटीमा १ जना छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्ला केही दिनमा स्याङ्जा र कास्कीबाट उपचारका लागि काठमाडांै ल्याइएका दुई जनाको मृत्यु भएको छ । पोखराका २९ वर्षे युवा र स्याङ्जाका ५९ वर्षे महिलाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ । गत अप्रिलमा यही भाइरसका कारण राजधानीको अल्का अस्पतालमा १ जनाको मृत्यु भएको थियो । ‘प्रकोप फैलिएको अवस्थामा सबैको परीक्षण गर्न पनि सकिन्न,’महाशाखाअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.गुणनिधि शर्माले भने, ‘भाइरलजस्तै लाग्ने लक्षणका थुपै बिरामीयी ठाउँमा छन् ।’

डा.शर्माका अनुसार पछिल्लोपटक स्याङ्जाबाट थप २० वटा नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण हुँदैछ । सन् २००९ देखि देखा परेका इन्फ्लुएन्जाबाट मृत्यु भएका घटनामा भने उतारचढाव छ ।

सबैभन्दा बढी स्वाइनफ्लु भनेर प्रचलित एन१एन१ले मात्रै २०१४ मा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ माजा जरकोटमा मात्रै २९ जनाको मृत्युको तथ्यांक आए पनि सरकारले ८ जनाको मात्रै मृत्युको कारण सो भाइरस भएको दाबी गरेको थियो । महाशाखाका अनुसार सन् २०१६ मा मृत्युको घटना नदेखिएपछि यस वर्ष ३ जनाको प्रमाणित मृत्यु भइसकेको छ । चिकित्सकहरूका अनुसार भाइरसजन्य रोगको मृत्युदर ठाउँ र वर्षअनुसार फरक हुने गरेको छ । बर्डफ्लुले अन्यदेशमा ६० प्रतिशत मृत्यु गराएकोमा इन्डोनेसियामा ८० प्रतिशतभएको थियो । एन१एन१ ले सन् २००९ मा ०.१ प्रतिशत मृत्युदर भएकोमा २०१२÷०१३ माथुपै मान्छेको ज्यान लिएको थियो ।

चिकित्सकहरुका अनुसार संसारमा देशअनुसार मौसमी रुघाखोकीको संक्रमणले समेत जटिल रुपमालिएर निमोनिया गराएर औसत ५ प्रतिशतको ज्यान लिने गर्छ । तर संसारमा मानवजीवनमै चुनौती दिनेगरी करोडांैको ज्यान दिने महामारी पनि यस्तै भाइरसले नै गराएका छन् । सन् १९१८ मा झन्डै एक करोडको ज्यानलिएको स्पेनिस फ्लु, आधा करोडको ज्यान दिने हङकङ फ्लु र पछिल्लोपटक देखिएको सन् २००९ माआएका बर्डफ्लु र एच१एन१ एउटै जातिका भाइरस हुन् ।

मौसमी रुघाखोकीका रुपमा देखिने यस्ता भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण भए पनि श्वासप्रश्वास प्रणालीको तल्लो भाग (फोक्सोमा सर्ने) र निमोनिया गराएर ज्यानै लिनसक्छ । समयमा पहिचान र व्यवस्थापन नगरे जटिल बन्छ । संसारमा स्वरुप परिवर्तन गरिरहने भाइरसका विशेष उपचार छैन । सुरुमा केही औषधि बनेपछि बिस्तारै भाइरसले स्वरुप परिवर्तन गरेपनि ती निष्प्रभावी भएका थिए ।

स्वाइन फ्लु हो भन्ने यकिनहुँदापनिश्वासप्रश्वासमा अप्ठेरो नहुँदासम्म डराउनु नपर्ने चिकित्सकहरु बताउँछन् ।

‘प्रतिरोध क्षमताकमजोर भएका, विभिन्न दीर्घरोगी, गर्भवतीमहिला, ५ वर्षमुनिकाबालबालिका र ६५ वर्षमाथिकामानिसमाभने यसको गम्भीर असर हुनसक्छ,’ डा.शर्माले भने ।  चिकित्सकहरुलाई १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, खोकीलाग्ने, घाँटी दुख्ने र बालबलिकामावाकवाकी र बान्ताहुने, पेट मडारिने र पखालाहुनेजस्ताथप लक्षण देखिने बताएका छन् । प्रभावितमानिसको सम्पर्कमापुगेपछि खोक्दा, हाच्छियुँगर्दा रथुक्दाश्वासप्रश्वासको माध्यमबाट रोग सर्छ । चिकित्सकहरुले साँघुरो ठाउँमा धेरै मानिस जम्माहुने ठाउँमा रोग सर्ने जोखिम बढी हुने भएकाले त्यस्ता ठाउँमा मान्छे भेट्दा,हातमिलाउँदा, म्वाइँखाँदा, अंगालोमार्दा र बिरामीले प्रयोग गरेको रुपमाल, चुरोट, गिलास, ढोका हेन्डल र फोनबाट समेत रोग सर्नसक्छ ।

गर्भवती, बूढाबूढी शिशुमा रोग सरेको अवस्थामागम्भीर प्रकृतिको हुने तथा जटिलता बढीहुनसक्ने डा.श्रेष्ठले बताए । उनले भाइरसले यस्तै उमेर समूह र फोक्सोसम्बन्धी रोग, दीर्घरोग, मुटुका रोगी, एचआइभी संक्रमित, क्षयरोगी र प्रतिरोधीक्षमता क्षीण भएका बिरामीको मृत्यु गराउने सम्भावना बढी हुने बताए । घरमाकोहीइन्फ्लुएन्जा रोगीभएयीजोखिम समूहमा बढी सावधानीअपनाउनचिकित्सकको सुझाव छ ।

भाइरस कडा भएको आशंका

स्वाइनभनेर चिनिने यो भाइरस प्रजातिले भारतमा स्वरुप परिवर्तन गरेको आशंकासँगै नेपालमापनि रुप बदलेको आशंकागरिएको छ । तर सरकारी अधिकारीहरुले भने नेपालमा भेटिएको भाइरस प्रजातिले स्वरुप परिवर्तन गरेको कुनै वैज्ञानिक आधार नभएको दाबी गरेका छन् ।

शाखाप्रमुख डा.गुणनिधि शर्माले भारतमा स्वरुप परिवर्तन भयो भन्दैमा नेपालमापनि फेरियो भन्ननमिल्ने बताए । ‘हाम्रो प्रयोगशालासँगपनिपरामर्श भयो, क्लिसियानहरुले उपचारमाआएका बिरामीकाआधारमाआशंकागर्नसक्छन्,’ उनले भने, ‘तर यो प्रमाणित हैन ।’

उनले क्लिनिसियानले पनि समयमै आएका बिरामी हेर्न पाए केहीआकलनगर्न सक्ने भन्दै अधिकांश मृत्यु भएका र भेन्टिलेटरमा रहेका बिरामीपनि जटिलता उत्पन्न भएपछि मात्रै अस्पताल आइपुगेकाले आधार नभएको बताए । ‘हिजो रुघा सुरु भएको आजै भेन्टिलेटरमालानुप¥यो भन्ने केस देखिएपनि कडा भयो भन्ने हो,’ उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान युनिट संयोजक डा.शेरबहादुर पुनले भने, ‘नेपालमाभाइरसकाप्रजातिबारे विस्तृत अध्ययन नै नभएपनिप्रारम्भिक अनुसन्धानबाट भारतमा यो भाइरसले स्वरुप परिवर्तन गरेको आशंकागर्ने आधार भएको हो ।’ उनले भारतमापनिअचानक बिरामी बढेपछि अध्ययनगर्दा प्रजाति नै परिवर्तन भएको भेटिएको बताए । ‘भारतमा‘मचिगन स्ट्रेन’नयाँभाइरस भएको देखियो यसअघि सन् २००९ मा देखापरेको ‘क्यालिफोर्निया स्ट्रेन’ स्वाइन फ्लुलाई प्रतिस्थापन गरेको छ,’ उनले भने, ‘हालसम्म त नेपालमापनित्यहीक्यालिफोर्निया स्ट्रेन नै हो भन्ने मनिरहिएको छ,’ ।भारतको महाराष्ट्रमा मात्रपनि यो नयाँ स्वाइन फ्लुले दुई सयभन्दा बढीको ज्यानलिएको तथ्यांक छ । डा.पुनले सामान्यतयाभारतमादेखापरेको कुनै पनि सरुवा रोग खुला र सहजआवतजावतकाकारण नेपालमा सजिलै प्रवेश गर्नसक्ने बताए ।उनले भने, ‘त्यसैले नेपालमापनि यो भाइरसबारे उत्तिकै चासो र चिन्ता लिनुपर्छ ।’

प्रकाशित: १७ श्रावण २०७४ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App