सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्यु

मङ्गलबार, १७ साउन २०७४, १४ : २८ नागरिक

लोत्तमा (रुपन्देही)- विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो । 

बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ । यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालमा उपचार गर्न ढिला गर्नु नै मृत्युको मुख्य कारण भएको बताए। उनले भने, “ढिलो अस्पताल आउँदा सर्पको विष शरीरका विभिन्न भागमा पुगिसकेको हुन्छ, अनि मृत्यु हुनसक्छ ।” गत वर्षको साउनदेखि ७४ असारसम्म अस्पतालमा विषालु सर्पले डसेका १५५ जना उपचार गर्न आएकामध्ये १९ जनाको मृत्यु भएको थियो । पच्चिस जनाको भने यहाँ उपचार हुन नसकेकाले अन्यत्र पठाउनु परेको थियो । 

उक्त अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार आव २०७२÷७३ मा विषालु सर्पले १४९ जनालाई डसेकामा १३ जनाको मृत्यु भएको थियो भने आव ०७१÷७२ मा विषालु सर्पले १२३ जनालाई डसेकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । आव ०७०÷७१ मा विषालु सर्पले एक सय २६ जनालाई डसेकामा तीन जनाको मृत्यु भएको थियो । 

अस्पतालमा उपचार गर्न आएका अधिकांश अर्थात ८५ प्रतिशत विषालु सर्प राजा साँपले र १० प्रतिशतलाई गोमनले टोकेको पाइएको सो अस्पतालले जनाएको छ । सर्पले टोकेका सबैभन्दा बढी रुपन्देही कपिलवस्तु र नवलपरासीका भएपनि रोल्पा, रुकुम, सल्यान र दाडबाट समेत उपचार गर्न यही आउने गरेको सूचना अधिकृत रेग्मीले बताए । 

यस अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेसँगै बेला बेलामा एन्टिस्नेक भेनम उपलब्ध नहुँदा अस्पतालले अन्यत्र पठाउनु परेको छ । अस्पतालमा आउने सर्पले डसेकामध्ये टाउको, हात, घाँटीमा डसेका बिरामीमा धेरै जोखिम हुने अस्पतालका प्रमुख परामर्शदाता डा विष्णु पौडेलले बताए । उनका अनुसार ती अंगको क्रियाशीलतासँगै सर्पको विष पनि अन्य शरीरका अंगमा जाने हुँदा मृत्यु हुने सम्भावना बढी हुन्छ । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad