८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीको राजीनामा स्वीकृत, सरकार कामचलाउ

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दिएको राजीनामा स्वीकृत भएको छ। संविधानको धारा २९८ उपधारा ८ को खण्ड क बमोजिम ओलीले दिएको लिखित राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी हुन्।

संविधानको धारा १९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद गठन नहुञ्जेलसम्मका यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा १९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद गठन नहुञ्जेलसम्मका यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषदले आफ्नो कार्यकालमा सम्पादन गरेका कार्यहरुका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुलाई राष्ट्रपतिले धन्यावद दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७३ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App