राई दनुवार भाषामा 'धार्मिक आक्रमण'

मङ्गलबार, १७ साउन २०७४, ११ : ५३ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं- पहिचान नै नामेट गर्ने 'राई दनुवार' भाषा समुहको नाम नै परिवर्तन गरी नयाँ नाम 'देवास' राखे पछि विवाद बढेको छ। सो विवादका कारण मातृभाषा केन्द्रले प्रकाशन गर्न लागेको राई दनुवार भाषाको शव्दकोष नै प्रकाशन हुन सकिरहेको छैन्। सो शब्दकोष प्रकाशन गर्नका लागि केन्द्रले विभिन्न चरणमा छलफल चलाएको थियो।

दनुवार राई भाषा लेख्ने कि देवास राई भाषा लेख्ने भन्ने बारेमा दुई समूहबीचमा विवाद हुँदा शब्दकोष तयार पार्न नसकिएको निर्देशक सुशिल सुब्वाले बताए। 'भाषा संकलन लगभग सकिएको छ, प्रकाशनको तयारी गर्ने वेलामा दुई समूहबीचमा विवाद हुँदा यसै अडकिएको छ' सुव्वाले नागरिकसँग भने। उनका अनुसार दुवै समूहले सहमति नदिएसम्म सो शब्दकोष प्रकाशन गरिने छैन।

राई दनुवार उत्थान समाजले भने 'देवास' भन्ने शब्द राखेर पहिचान मेटाउन खोजिएको आरोप लगाएको छ। सो समाजका महासचिव कुमार राई दनुवारले 'देवास' शब्द राखेर जातीय पहिचान मेटाउन खोजिएको आरोप लगाए। 'राई दनुवारको एउटा संस्कृतिलाई जातीय रुप दिएर हाम्रो मौलिक पहिचान मेटाउन खोजिएको छ,' उनले भने, 'राई दनुवार थरको सट्टामा देवास राई लेखाउनेहरुले अहिले भाषा पनि 'देवास राई भाषा' भनेर नामाकरण गर्न खोजेका छन्।' उनका अनुसार दशैंमा राई दनुवारले मनाउने 'देवास' पर्वलाई जात वनाउन खोजे पछि समाजले आपत्ति जनाएको हो।

राई दनुवारको भाषामा पहिलो पटक गीत रेकर्ड गरेका गायक सुर्य कमल राईले पनि 'देवास राई' भनेर नयाँ पहिचान स्थापित गराउन लागेकोमा आपत्ति जनाए। 'हामी दनुवार राई हौं, देवास राई होइनौं र हामी हिन्दू धर्म मान्दछौं, गाईलाई पूजा गर्छौै, सुंगुर छुनु पाप ठान्छौं' उनले भने, 'हिन्दू धर्मलाई सखाप पार्नका लागि देवास राई वनाउन खोजिएको छ, यसको चौतर्फी विरोध भएको छ।'

जातीय पहिचान नै मेटाउने गरी 'देवास राई' भनेर जर्वजस्ती स्थापित गराउन खोजे पछि उनको समूहले 'देवास' भन्ने फिल्म नै वनाउन थालिएको उनले जानकारी दिए। सो फिल्ममा राई दनुवारको मौलिक कला र संस्कृति झल्काउने योजनामा रहेको उनले बताए। 

धेरैजसो राई दनुवार समुदायको अहिले धर्म परिवर्तन गरिएको छ। धर्म परिवर्तन गर्ने सिलसिलामा 'देवास राई' भनेर जर्वजस्ती पहिचान मेटने काम गरिएको राई दनुवार समुदायको आरोप छ। राई दनुवार भाषा विज्ञ नरकुमार राईले सिमान्तकृत समुदायमा पर्ने सो समूहको पहिचानलाई मेटन खोजे पछि जागरुक भएको बताए। 'हामी हिन्दू हौं। साउने संक्रान्ति हाम्रो ठूलो पर्व हो,' राईले भने, 'पछिल्लो समयमा धर्म परिवर्तन गर्ने क्रम बढे पछि पहिचान नै मेटने देखिएपछि जागरुक भएका छौं।' उनका अनुसार अधिकांस राई दनुवारको धर्म परिवर्तन गराउनका लागि निकै प्रयास भईरहेका छन्।

देवास राई उत्थान समाजका अध्यक्ष आशामान राईले हेपिएको शब्दावली भएकाले परिवर्तन गर्न खोजिएको दाबी गरेका छन्। 'दनुवार राई भन्ने वितिक्कै हेपिएको शब्द लाग्यो, त्यसैले हामीले देवास राई भन्ने शब्दावली वनाएका हौं' अध्यक्ष राईले नागरिकसँग भने, 'यसमा धर्म परिवर्तनसँगको कुनै साइनो छैन्।' उक्त संस्थामा ३० प्रतिशत मात्रै क्रिश्चियन रहेको भएतापनि अन्य ७० प्रतिशत अन्य धर्मालम्वी रहेकाले शंका र आशंका नगर्न आग्रह राईले आग्रह गरेका छन्।

मुख्यतः सिन्धुलीको मरिन खोलामा दनुवार राईको वाक्लो बस्ती भए पनि वाग्ामती किनार, रौतहट, वारा, उदयपुरलगायतमा सो समुदायको बस्ती छ। करिब ३५ हजार जति रहेको उक्त समुदायमा धर्म परिवर्तन गर्ने क्रम बढे पछि सचेतना जगाउने काम भइरहेको भाषा विज्ञ नरकुमार राईले बताए।

प्रकृति पुजक राई दनुवारको इतिहास मेटन नहुने भन्दै गत ३ गते सानेपाको 'सिल इन्टरनेशनल' मा आयोजित 'देवास राई भाषाशैली' नामक अर्न्तक्रिया विथोलिएको छ। जसका कारण शब्दकोष तयार हुन सकेको छैन। 







यसमा तपाईको मत

अन्य समाचार

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

Ncell Footer Ad