८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

संसदमा प्रधानमन्त्री ओली। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- नाै महिना अघि प्रधानमन्त्री बनेका केपी शर्मा अाेलीले अाइतबार पदबाट राजीनामा दिएका छन्। उनले संसदलाई सम्बोधन गर्दै राजनीनामा दिएको घोषणा गरेका हुन्।

संसदमा सम्वोधन गर्न जानु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको उनले संसदमा बताए। नेकपा माओवादी केन्द्रले उनका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गरेपछि राजनीनामा दिएका हुन्। ओली असोज २४ गते प्रधानमन्त्री बनेका थिए।

सरकारले अाफैँ बनाउने निर्णय गरेको काठमाडौं-निजगढ फाष्ट ट्र्याकको भविषय अब के हुन्छ? नागरिकले सुन्ने गरी जवाफ खाेजेका छन्।

उनले संसदमा बोल्दै सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीको सामान्य विशेषता भएको बताए।

उनले उच्चस्तरिय राजनीतिक संयन्त्रबाट समस्याको समाधान नखोजिएको बताए। सरकार परिवर्तनको निर्णय लिँदा समितिका संयोजकले सुझाव पनि नदिएको र सल्लाह पनि नगरेको बताए।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो दुनो सोझिएपछि वुर्लुक्क उफ्रिएको आरोप लगाए। ओलीले १४ बुँदे सहमति अनुसार सरकार अघि बढेको भन्दै त्यसमा आफु समीक्षा गर्न तयार भएको बताए। राजनीति सम्भावनाको खेल भए पनि निश्चित नियम र मर्यादा हुने बताए। नियम र मर्यादा उल्लङघन भए पछि राजनीति फोहोरी खेलमा परिणत हुने बताए। संसद र संसदीय राजनीति आफैमा फोहोरी खेल नभएको उनले बताए। कतै म्याच फिक्सिङ कतै डोपिङ भएपछि फोहोरमा परिणत हुने बताए।

जनताको सर्वोच्चतामा विश्वास गर्ने, अध्यारो कोठामा नभइ संसदमा विश्वास गर्ने आफ्ना लागि अविश्वासको प्रस्ताव सामान्य रहेको बताए। त्यो प्रक्रियाका हिसाबले सामान्य भएपनि उद्देश्यका हिसाले उचित नभएको बताए। सात दशक लामो बलिदानपूर्ण संघर्ष र दुई वटा संविधानसभाको अनुभवबाट प्राप्त संधिवान कलिलै रहेको भन्दै त्यसलाई बलियो बनाउनुपर्ने बताए। मुलुक आर्थिक समृद्धि देख्न नचाहने र धमिलो पानीमा माछा मार्न पल्केकाप्रति सचेत रहन आग्रह गरे।

सरकारले बनाउने भनेको फाष्ट ट्र्याकको भविष्य के हुन्छ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले शुरु गरेका कामको निरन्तरताबारे संसदमा प्रश्न गरेका छन् ।

आइतवार संसदलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौं तराई फाष्ट ट्रयाक लगायत राष्ट्रिय गौरवका आयोजनाको भविष्य के हुन्छ भनी प्रश्न गरेका हुन् ।

‘म सोध्न चाहन्छु, स्वदेशी लगानीमा फाष्ट ट्रयाक बनाउने काम के हुन्छ, सामाजिक सुरक्षाको काम के हुन्छ ? शैक्षिक प्रमाणपत्र राखेर युवालाई धितो दिने कुरा के हुन्छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न धेरै छन्, सरकारमा जाने केका लागि भनी सोध्नुभएको छ ?’

काँग्रेस सभापति शेरबहादुर देउवाले केही समय पहिले सम्बोधनका क्रममा फाष्ट ट्रयाक भारतीय कम्पनीलाई दिनुपर्ने प्रस्ताव राखेका थिए ।

- See more at: http://lokaantar.com/samasamayik/17432#sthash.rQG5MytM.dpuf

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले शुरु गरेका कामको भविष्य के हुने भनेर प्रश्न गरे। संसदमा बोल्दै उनले भने, सरकारले अाफैँ बनाउने निर्णय गरेको काठमाडौं-निजगढ फाष्ट ट्र्याकको भविषय अब के हुन्छ? नागरिकले सुन्ने गरी जवाफ खाेजेका छन्।'

उनले सामाजिक सुरक्षादेखि शैक्षिक प्रमाणपत्र राखेर युवालाई ऋण दिने कार्यक्रमको भविष्यबारे पनि प्रश्न उठाए। काठमाडौं-पोखरा रेलमार्गको भविष्यबारे पनि प्रश्न सोधे। अाेली सरकारले ल्याएको बजेटमा यी कार्यक्रम समेटिएका थिए।

‘म सोध्न चाहन्छु, स्वदेशी लगानीमा फाष्ट ट्रयाक बनाउने काम के हुन्छ, प्रश्न धेरै छन्, सरकारमा जाने केका लागि भनी सोध्नुभएको छ ?’, उनले भने।

प्रकाशित: ९ श्रावण २०७३ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App