coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

काठमाडौं—सिभिल बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले कम असल जग्गाको किर्ते कागजपत्रका आधारमा मूल्याँकन गरेर कर्जा प्रवाह गरेको आरोपमा तत्कालिन पशुपति विकास बैंक बनेपाका कार्यकारी अधिकृत बिनोद कार्कीलाई पक्राउ गरेको हो।

कार्की हाल सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक हुन्।

सिआईबीका एसपी हृदय थापाका अनुसार चालिस हजारमा किनेको जग्गा बैंकिङ प्रयोजनका लागि किर्ते कागजका आधारमा समूहले २०६५ मा २० लाख ऋृण लिएर अपचलन गरेको अनुसन्धानमा देखिएको छ। उनका अनुसार पक्राउ पर्नेमा रामप्रसाद उप्रेती, रामकृष्ण राई, राजेन्द्र पाख्रिन, मधुसुदन खत्री, सुरेश सिलवाल र प्रतिक भडेल रहेका छन्।

सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंकको पुरानो कारोबारमा कैफियत भेटिएपछि बैंकले सीआईबीमा घटनाको अनुसन्धानका लागि जाहेरी दिएको थियो। सीआईबीका अनुसार पक्रा परेका सिलवालले लेखाका कागजपत्र किर्ते बनाएको अनुसन्धानमा खुलेको छ।

‘समुहले निकै सावधानी पूर्वक लगभग सबै सरकारी कागजपत्र किर्ते गरेर ऋृण लिएको देखिएको छ, थप केही बैंकमा समेत यसै प्रकृतीको कसुर भएको हुनसक्छ,’ एसपी दिवेश लोहनीले नागरिकन्युजसँग भने।

प्रकाशित: ९ श्रावण २०७३ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App