८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसवादी दलसंग तालमेल हुनसक्छ: अध्यक्ष दाहाल

महोत्तरी- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले तेस्रो चरणको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले मधेसवादी दलसंग तालमेल गरेर प्रतिस्पर्धामा उत्रने तयारी गरेको बताएका छन्।

तेस्रो चरणको स्थानीय तहको चुनावकै तयारीका लागि जनकपुर जाने क्रममा सोमबार विहान महोत्तरीको वर्दिवासमा संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदैं अध्यक्ष दाहालले प्रदेश नं. २ मा तेस्रो चरण स्थानीय तहको चुनाव हुने भएकोले माओवादी केन्द्रले मधेसी दलसंगकै तालमेललाई प्राथमिकतामा राखेर अघि बढेको बताए। ‘चुनावमा संघीय लोकतान्त्रिक शक्तिबीच हामीले तालमेल गर्दै दलिय गठबन्धन बनाएर नै चुनावमा जाने पार्टी भित्र निर्णय नै गरि सकेको छौं ,’अध्यक्ष दाहालले भने,‘प्रदेश नम्बर २ मा हुने चुनावमा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसंग मिलेर चुनावमा हाम्रो बिशेष जोड छ।’ यस अघि पहिलो र दोस्रो चरणको चुनावमा कांग्रेससंग माओवादीले गठबन्धन गरेको थियो तर तेस्रो चरणमा कांग्रेससंग मात्रै गठबन्धन सीमित नराख्ने उनले स्पाष्ट पारेका छन्।

तेस्रो चरणको चुनावमा राजपालाई जसरी पनि सहभागि गराउनु पर्नेमा उनले जोड दिए।

‘राजपालाई सहभागि गराएरै चुनावमा जानुको अर्को कुनै विकल्प छैन , राजपा सहितको चुनाव गराउन तर्फ हाम्रो सारा शक्ति केन्द्रीत छ,’ अध्यक्ष दाहालले भने,‘एमाले विना पनि संविधान संसोधनको लागि लागि दुई तिहाई संख्या पुग्छ । हाम्रो शक्ति संविधान संसोधन र चुनावमा केन्द्रीत छ । ’ संविधान संसोधन भयो भने देशमा राजनीतिक संक्रमणकाल अन्तय हुनेमा आफु विश्वस्त रहेको उनले बताए।

प्रदेश नम्बर २ मा अझैपनि स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना रहेको समेत दाहालको भनाइ छ।

प्रकाशित: १६ श्रावण २०७४ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App