८ वैशाख २०८१ शनिबार
राजनीति

जुम्लामा माओवादी-कांग्रेसको गठबन्धन

जुम्ला- जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।

जुम्लामा कांग्रेस माओवादीबीच भएको गठबन्धनका आधारमा मनोनयन दर्ता गरिएको छ। जसमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सार्की अध्यक्ष र उपाध्यक्षमा काग्रेसका जिल्ला सचिव कार्मा बुढाले उम्मेदवारी दिइएका छन्।

यस्तै सदस्यमा माओवादी केन्द्रका तर्फबाट कर्णबहादुर खत्री, नरेन्द्र कठायत, महिला सदस्यमा कल्पना दमाई, हिमाली नेपाली र दलित तथा अल्पसंख्यकका तर्फवाट नरबहादुर घर्तिले उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष कार्मा वुढा, सदस्यमा जयराज भारती र महिला सदस्यमा पुस्पा कडौराले उम्मेदवारी दिएका हुन्। जिल्ला समन्वय समितिको निर्वाचन २० गते हुनेगरी निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताको कार्य सुरु गरेको छ।

यता नेकपा एमालेले प्रस्तावक र समर्थक नपाउँदा उम्मेदवारी दर्ता गर्न सकेन। निर्वाचन प्रक्रियामा नेकपा एमाले समावेश नभएपछि माओवादी, कांग्रेस गठबन्धन विजयी भइसकेको छ। साउन १७ गते विजयी घोषणा गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरिरहेको छ।

बिहानसम्म नेकपा एमालेसँग गठबन्धन गर्ने थालेको माओवादीले आफूभित्रै चरम गुटबन्दीको संकेत देखेपछि कांग्रेससँग गठबन्धनको प्रयास थालेको थियो। जिल्ला समन्वय समितिको अध्यक्षका लागि बादल पक्षको माओवादी र अध्यक्ष पुष्पकमल दाहाल पक्षको माओवादीबीच चरम विवाद भएको थियो। लामो समयपछिको छलफलले प्रचण्ड निकट माओवादीका लालबहादुर सार्की अध्यक्षको उम्मेदवार बनेका हुन्।

जुम्लाका आठ वटा स्थानीय तहमा माओवादीको ८, कांग्रेसको ६ र नेकपा एमालेको दुई जना मतदाता थिए। स्थानीय तहको निर्वाचन सकिएको ३५ दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गर्नुपर्ने भए पनि दोस्रो चरणको निर्वाचनका कारण यहाँको चुनाव हुन सकेको थिएन।  

प्रकाशित: १६ श्रावण २०७४ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App