घरभन्दा ठूलो ढुंगा खस्दा ३ बच्चा पुरिए, ७ जना घाइते

सोमबार, १६ साउन २०७४, १२ : २० पवित्रकुमार शाही

कालिकोट- घरमाथिबाट ठूलो ढुंगा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन्। सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा घरभन्दा ठूलो ढंगा खसेपछि तीन बालबालिका पुरिएका हुन्।

आइतबार राति भीरबाट खसेको ढुंगा स्थानीय बुँदे सार्कीको घरमा खस्दा उनका २ छोरी र एक छोरा पुरिएका हुन्। ढुंगाले थिचिएका १३ वर्षीया ललिता, ९ वर्षीय लंक र ५ वर्षीया कल्पना ढुंगाभित्रै पुरिएका आफन्तले बताएका छन्।

ढुंगाले च्याप्दा बुँदे सार्की उनकी श्रीमती बेलु सार्की र छिमेकी सर्मिला सार्कीसहित सात जना घाइते भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। गम्भीर घाइते बुँदे, बेलु र शर्मिलालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।  ढुंगाले थिचिएका तीन बालबालिकाको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दलित वस्ती नै जोखिममा

ढुंगा खसेका दलित वस्ती नै उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताएका छन्। उक्त जोखिममा रहेको वस्ती नै अन्यत्र सार्नुपर्ने अध्यक्ष शाहीले बताए। वस्ती सार्नका लागि जिल्ला प्रशासनसँग खबर गरिएको बताइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad