१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इटहरी उपमहानगरपालिकाको ऋण ४ करोड बढी

इटहरी–इटहरी उपमहानगरपालिकाले नगर विकास कोषमार्फत लिएको ४ करोड ६९ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी छ। दसकअघि नगरपालिका छँदैदेखि अहिलेसम्म पटक–पटक लिएको ५ करोड ५७ लाख ३१ हजार दुई सयमध्ये यो बर्ष १ करोड ५ लाख ९५ हजार ऋण तरेको  छ।

फजुल खर्च कटौती गरी यो वर्ष ठूलो रकम ऋण तिर्न सफल भएको उपमहानगरपालिकाका कार्यकारी अधिृकत महेश तिम्सिनाले बताए। ऋण लिएको सुरुवातमा केही तिरेपछि पछिल्लो समय उपमहानगरपालिको तिरेको थिएन।

नगर विकास कोषमार्फत इटहरीको बसपार्क प्रवेश गर्ने सडक निर्माणका लागि २ करोड ९१ लाख ३० हजार ७८ रुपैयाँ २०६१–०६२ सालताका ऋण लिएको थियो । यस्तै, २०७० फागुन ६ गते इटहरीमा लिङकरोड निर्माणका लागि ऋण दिने सम्झौता भएको थियो ।

इटहरीले विकासको प्राथमिकतामा राखेको लिङ्क रोडका लागि १ करोड ४६ लाख ४८ हजार ८ सय र दुईवटा लिङ्क ब्रिजका लागि  ९६ लाख १२ हजार ६९ रुपैयाँ नगर विकास कोषले ऋण दिएको थियो । लिङ्क रोड निर्माण गर्न ठेकेदार कम्पनीसँग ७ करोड २३ लाख ९८ हजार रुपैयाँमा सम्झौता भएर अब तीन महिनाभित्रमा काम सक्ने लक्ष्य राखिएको छ।

इटहरी पहिलो विकासको प्राथमिकता क्रममा ड्रेन निर्माण भएपनि त्यसका लागि सहयोग नपाउँदा लिङकरोडसँगै ड्रेन निर्माण पनि अहिले भइरहेको छ। नगरपालिका छँदा प्राथमिकताका आधारमा क्रमशः डे«न निर्माण, लिङ्करोड निर्माण, कृषि बजार र तालतलैयालाई व्यवस्थित गर्ने लक्ष्य लिएकोमा लिङकरोड निर्माण भएको हो।

 विश्व वैकको सहयोगमा इटहरी वडा नं. २ र ३ वडाको बीच हवाई चोकभन्दा पूर्व तर्फ टेङ्गा खोला र वडा नं. ६ को खेतीखोलामा पुल निर्माणका लागि नगर विकास कोषले ऋण सहयोग गरेको  छ। यी दुईवटा पुल निर्माणका लागि ५ करोड ३५ लाख ६९ हजार ४ सयमा सम्झौता भएको थियो। दुईवटै पुल अब तीन महिनाभित्रमै सकिने जानकारी दिइयो।

पछिल्लो समय इटहरी वडा नं. ७ को फुलबारी मार्ग कालोपत्रे गर्नका लागि २३ लाख ४० हजार एक सय ८४ रुपैयाँ नगर विकास कोषकै ऋण सहयोगमा गरिएको उपमहानगरपालिकाले जनाएको छ। इटहरी उपमहानगरपालिकाको अहिले मासिक आन्तरिक आन्दानी ६० देखि ७० लाखसम्म हुने गरेको छ।

 

प्रकाशित: ९ श्रावण २०७३ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App