४ वैशाख २०८१ मंगलबार
खेल

नवनियुक्त मन्त्रीको स्वागत

काठमाडौं- नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा चौबीस दिनभित्र परिवर्तनको अनुभूति हुने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बधाई तथा स्वागत कार्यक्रममा मन्त्री केसीले भने, 'म ५ वा ९ महिना भन्दिनँ। २४ दिनमै खेलकुदमा परिवर्तनको अनुभूति हुने गरी काम गर्छु।'

उनले समय कम भएकाले दक्षिण एसियाली खेलकुद (साग) आयोजना ठूलो चुनौती भएको बताए। बजेटकै कारण खेलकुदको विकासमा असर पर्न नदिने उनको दाबी थियो। लोकतान्त्रिक पद्धतिअनुसार खेल संघको विवाद समाधान गर्ने बताउँदै दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने उनको भनाइ थियो।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले फरक पार्टीको मन्त्री भएकै कारण खेलकुदमा विवाद आउन नदिने बताउँदै सबैको पहलले मात्र खेलकुदको समस्या हल हुने बताए।

कार्यक्रममा राखेपका अध्यक्षसमेत रहेका मन्त्री केसीलाई सदस्य-सचिव विष्टले राखेपको तर्फबाट माया चिनो प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए।

प्रकाशित: १६ श्रावण २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App