coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडकमा चिप्लिएर हात भाँचियो

काठमाडौं- शनिबारको दिन फुर्सदै थियो १७ वर्षीय हिमांशु मगरलाई। नाटक हेर्नमा सोखिन हुन् उनी। फुर्सदलाई रमाइलो बनाउन साथीसँग 'जिउँदो आकाश' नामक नाटक हेर्न पुगे उनी सर्वनाम थिएटरमा।

नाटक हेरेपछि बजारमा घुमघाम पनि गरे। अपराह्नतिर दर्के पानी पर्‍यो। गाडी चढेर फर्किए चाबहिल कुमारीगाल घरतिर। गौशाला पुग्दा पानी मत्थर भइसकेको थियो। त्यहाँबाट हिँंड्दै र घुम्दै जाने  सल्लाह भएपछि गाडीबाट ओर्लिए उनी सार्थीसँगै। हिँड्दै चाबहिलतिर लाग्दै थिए हिमांशु। चिप्लिएर बजारिए सडकमै।

टेक्सास कलेजमा १२ कक्षामा पढ्ने हिमांशु सधंै त्यही बाटो भएर घर फर्कन्थे। 'सधंै त्यही बाटो भएर घर फर्कंदा कहिल्यै लडिएन,' हिमांशुले भने, 'शनिबार सडकको हिलोमा चिप्लिएर सडकमा पछारिएँ।' सडक, पेटी हिलैहिलो भएको उनले सुनाए।

कपडा हिलाम्मे भए। साथीले उठाए उनलाई। हिलो पनि पुछिदिए। घरसम्म पुराएर छोडे। लड्दाका बेला चोट लागेको अनुभूति भएन्। घरमा पुग्दा भने नारी दुख्न थाल्यो।

काका अमर मगरलाई सुनाए हिमांशुले। अमरले घरनजिकैको समता अस्पतालमा पुर्‍याए। अपराह्न ५ बजिसकेकेा थियो। हार्डजोर्नीका डाक्टर गइसकेका रहेछन्। त्यसपछि चाबहिलस्थित हेल्पिङ

ह्यान्डस् सामुदायिक अस्पताल पुगे अमर र हिमांशु। अस्पतालमा एक्स–रे गरेर हेरियो। नारीको हड्डी सरेको रहेछ।

'भतिजको हात भाँचिएको रहेछ,' आइतबार अस्पतालमा भेटिएका अमरले भने, 'सडकको दुरवस्थाका कारणले यस्तो हुन गयो।' सडकमा  हिँड्डुल गर्न पनि जोखिम हुने गरेकोे उनले बताए।

उपचारका लागि करिब १० हजार रुपैयाँ खर्च भयो। 'खर्च पनि भयो,' अमरले भने, 'भतिजले दुःख पनि पायो।' हिमांशुको हातमा प्लास्टर गरेको छ। दुई सातापछि मात्रै प्लास्टर खोल्नुपर्ने सल्लाह डाक्टरको छ। 'हातको चिन्ताले गर्दा एकातिर शारीरिक, मानसिक चिन्ता भएको छ,' हिमांशुले भने, 'अर्कोतिर पढाइ पनि बिग्रने भयो।' सडक दुरवस्थाले दुघर्टनामा पर्ने आफू प्रतिनिधिपात्र मात्रै भएको भन्दै उनले अबका दिनमा यस्ता जोखिम कम गर्न सडक चाँडो बनाउने हिमांशुले सरकारसँग आग्रह गरे। सडक नबिग्रिएको भए आफ्नो हात नभाँचिने उनले बताए।

प्रकाशित: १६ श्रावण २०७४ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App