७ वैशाख २०८१ शुक्रबार
प्रवास

प्रवासको पत्रकारिताबारे फ्र्यांकफर्टमा छलफल

फ्र्यांकफर्ट (जर्मनी)—प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर जर्मनीमा सो विषयमा प्यानल छलफल भएको हो। 

प्रवासमा रहेर अप्ठ्यारा परिस्थिति झेल्दै नेपाली पत्रकारितालाई निरन्तरता दिइरहेको सहभागीले बताएका थिए। बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रवास पत्रकारिताका सम्भावना र चुनौतीमाथि प्रस्तुति दिएका थिए। सूचना प्रविधिसँगै पत्रकारितामा आएको परिवर्तन र त्यसका सकारात्मक र नकारात्मक पक्षबारे बहस भएको कार्यक्रमका सहभागीले अनलाइनहरुको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका थिए। 

छलफलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछाने, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीबीसी नेपाली सेवाका भगिरथ योगी, अनलाइनखबर डटकमा सम्पादक अरुण बराल र लन्डनबाट कलम चलाउने पत्रकार चिरन शर्मा सहभागी थिए।

खड्का र राजभण्डारी सम्मानित
नेपालीनेपालीका प्रधान सम्पादक बसन्त रानाभाटले अध्यक्षता गरेको कार्यक्रममा बीबीसी नेपाली सेवाका पत्रकार नवीनसिंह खड्कालाई सम्मानित गरिएको थियो।

नेपालीनेपालीले प्रत्येक वर्ष प्रदान गर्ने युरोप वर्ष व्यक्तित्वबाट सपीला राजभण्डारी सम्मानित भइन्। एक दशकभन्दा लामो समयदेखि गैरआवासीय नेपाली अभियानमा सक्रिय उनलाई महिला सशक्तिकरणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिइयो। स्पेनको बार्सिलोना आधारित भएर सञ्चालित नेपालीनेपाली डट कम युरोप क्षेत्रको नेपाली भाषाको विश्वसनीय अनलाइन हो।

जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले उनलाई सम्मान गरेका थिए।

 

प्रकाशित: १५ श्रावण २०७४ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App