coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

छिट्टो ऐन ल्याएर डा. केसीको अनशन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

अनशनरत डा. केसी। तस्बिर: केशव थोकर

काठमाडौं- चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्वोधन गरी अनशन टुंग्याउने दिशामा काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी बार्ता टोली एवं शिक्षामन्त्रीलाई निर्देशन दिएका छन्।

अनशनरत डा.केसीका मागसँग सरोकार राख्ने उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ सहित सरकारी तर्फबाट बार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यलयका सचिव गोपिनाथ मैनालीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्। बैठकमा मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीसमेत उपस्थित थिए । सरकारले डा.केसी पक्षसँग वार्ता गर्न बिहीबारै वार्ता समिति गठन गरेपनि शिक्षामन्त्रीले चासो र समय नदिँदा शनिबारसम्म कुनै पनि कुरामा सहमति हुन सकेको थिएन। प्रधानमन्त्रीको निर्देशन र चासोपछि शिक्षामन्त्रीले प्रधानमन्त्री चिकित्सा शिक्षासम्बन्धी विधेयक रहेको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति समेतलाई विशेष आग्रह गरेरै भएपनि फाष्टट्रयाकबाट ऐन ल्याउँन पहल गर्न निर्देशन दिएका छन्। चिकित्शा शिक्षा सम्वन्धि विद्येयक लगेको मन्त्रालयको हिसावले शिक्षामन्त्रीले फास्ट्रयाकबाट अगाडि बढाइदिन संसदलाई आग्रह गर्न सक्छ।

शिक्षा सचिव श्रेष्ठले प्रधानमन्त्रीले वार्तामा भएको प्रगतिबारे अपडेट लिएर आवश्यक निर्देशन दिएको बताए। ‘त्रिविसँग सम्बन्धित माग समेत पूरा गर्न सँगै काम गर्नुस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै शिक्षा सचिव श्रेष्ठले नागरिकसँग भने।

चिकित्सा शिक्षा ऐन पास गर्नुपर्ने लगायतका माग राखेर अनशनरत डा.केसीको अनशनको सातौ दिन स्वास्थ्य गम्भीर बन्दै गएको छ । तीन दिनदेखि दुबै पक्ष वार्तामा बसेपछि ठोस सहमति नजिक पुग्न सकेको छैन् । डा.केसीले राखेका अडान पूरा गर्नेगरी आउँनुको सट्टा सरकारी टोली नै दुविधाग्रस्त भएर वार्तामा आउँने गरेको आरोप केसी पक्षीय चिकित्सकको छ। 

 

 

प्रकाशित: १५ श्रावण २०७४ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App