coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश र प्रतिनिधि सभा निर्वाचन विधेयक राज्य व्यवस्था समितिमा

काठमाडौं- व्यवस्थापिका-संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ।

संसद्को आजको बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो।

राज्य व्यवस्था समितिमा ती दुई विधेयकलाई थप परिमार्जन र परिष्कृत गरिनेछ। सांसदले दर्ता गराएको संशोधन प्रस्तावलाई समेत आवश्यक छलफल गरी निष्कर्षमा पुर्याइनेछ। सो विधेयकमाथि हालसम्म एक दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन्। रासस

प्रकाशित: १५ श्रावण २०७४ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App