१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पीएलओ लुब्रिकेन्टस्को सम्मेलन बैंककमा, ८० जनाको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं- हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरिका डिलरहरुको सम्मेलन थाइल्याण्डमा गर्ने भएको छ। जसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो।

साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स सम्मेलनसँगै थाइल्याण्डका विभिन्न सहरको अवलोकन गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए।

पीएलओ, मेगा, स्टार लुब्रिकेन्टसको उत्पादन तथा वितरण गर्दै आएको पूर्वान्चल ल्यूब आयलले आफू नेपाली उत्पादनमध्ये पहिलो नम्बरमा रहेको दाबी गर्दै आएको छ। उच्च बजार हिस्सा ओगट्ने गरी प्रवर्द्धन जुटिरहेको पीएलओले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफू मातहत रहने दाबी गरेको छ।

मोरङको बिराटचोकमा उत्पादन प्लान्ट राखेको पिएलओले आफ्ना उत्पादन नेपालभरि बिक्री वितरण गर्दै आएको छ।

यसअघि पीएलओले आफ्ना उत्कृष्ट डिलरलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको भ्रमण गराइसकेको छ ।

 

प्रकाशित: १५ श्रावण २०७४ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App