८ वैशाख २०८१ शनिबार
समाज

डा.केसी समर्थकद्वारा हिरासतमै निर्जल अनसनमा सुरु

काठमाडौं— डा.गोविन्द केसीको समर्थनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका १० जनाले प्रहरी हिरासतमै निर्जल अनसन सुरु गरेका छन्। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएका उनीहरुले ३ बजेदेखि पानी बहिष्कार गर्दै निर्जल अनसन सुरु गरेका हुन्।

'हाम्रो शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादतीपूर्ण दमन गर्‍यो। आमाचकारी गाली गर्दै बुटले हान्ने र लुगा च्यात्ने काम भएको छ', पुकार बमले नागरिकन्युजसँग भने, 'कानुनी राज्यको खिल्ली उडाउँदै प्रहरीले गरेको दुर्व्यवहार मानव अधिकारको चरम उल्लंघन हो। यसविरुद्ध हामीले यहीँ हिरासतमै निर्जल भोक हड्ताल सुरु गरेका छौं। ३ बजेदेखि जल बहिष्कार गरेका छौं।'

हाम्रा साथीलाई उहाँहरुले पक्राउ गरेर लानुभयो। मैले छोड्नोस् भन्दा अश्लिल गाली गर्दै बुटले हान्दै मलाई पनि पक्रिनु भयो। मेरो लुगा च्यातिएको छ।

डिएसपी एल श्रेष्ठले नेतृत्वको टोलीले अश्लिल गाली गर्दै पक्राउहरुलाई बुटले हान्न आदेश दिएको पक्राउ परेकाहरुले जनाए। 'हाम्रा साथीलाई उहाँहरुले पक्राउ गरेर लानुभयो। मैले छोड्नोस् भन्दा अश्लिल गाली गर्दै बुटले हान्दै मलाई पनि पक्रिनु भयो', विश्वास दाहालले नागरिकन्युजसँग भने, 'मेरो लुगा च्यातिएको छ।'

पन्ध्र दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै प्रदर्शन भएको थियो। प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी १० जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा डा.बद्री अर्याल, डा. सागर पोखरेल,  पुकार बम, अभिनाश बस्नेत, पारस रावत, निरज सिद्धिकी, विक्रम ओली, पदमराज जोशी, विश्वास दाहाल र ज्ञानेन्द्र निरौला छन्। उनीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

दमनको विरोधमा भोलि फेरि प्रदर्शन

सोलिडारिटी फोर डा गोविन्द केसी अलायन्सले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले व्यापक दमन गरेको भन्दै त्यसको भत्सर्ना गर्दै सोविरुद्ध भोलि १० गते बिहान ११ बजे अख्तियार अगाडि प्रदर्शन गर्ने निर्णय गरेको छ।

'आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ। शान्तिपूर्ण प्रदर्शनलाई दबाउनका लागि सडकमा उतारिएको अत्यधिक  सुरक्षाकर्मीले अख्तियारलाई सिंहदरबार भन्दा पनि ठूलो बनाएकोमा सोलिडारिटी फोर डा केसी अलायन्सले चिन्ता ब्यक्त गरेको छ।

अलायन्सले डा केसीका माग अबिलम्ब पुरा गरिनु पर्ने साथै शान्तिपूर्ण प्रदर्शनका क्रममा धरपकडमा लिएका १० जनालाई अबिलम्ब रिहाईको माग गरेको। १५ दिनसम्म पनि डा.केसीको मागलाइ गरिएको ब्यवास्थालाई अलायन्सले चरम अलोकतान्त्रिक तथा गैर जिम्मेवार चरित्रको संज्ञा दिएको छ।

प्रकाशित: ९ श्रावण २०७३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App