नयाँ शक्तिका नेताहरु फोरम नेपालमा प्रवेश

आइतबार, १५ साउन २०७४, १४ : १३ रितेश त्रिपाठी

वीरगन्ज- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीआबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर तुहिएपछि नयाँ शक्तिका जिल्ला नेता पार्टी छोडेर फोरम नेपालमा प्रवेश गर्न सुरु गरेका छन्। नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य मुकेशकुमार द्विवेदी, पर्सा जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव शंकर साह कानु र जिल्ला सदस्य अजयकुमार साह आइतबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन्।

वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने भनिएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीले यसअघि २ चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपालसँग गरेको सहकार्य प्रदेश २ मा अघि बढ्न नसकेपछि कार्यकर्ताले आफ्नो बाटो रोज्न थालेका हुन्।

मधेस एजेण्डामा पार्टी अगाडि आउने आशामा हामीले पार्टीमा लागेका थियौं, आपेक्षा अनुरुप हुन सकेन्,’ वीरगन्जस्थित ठाकुराम बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापतिसमेत रहेका द्विवेदीले भने, ‘देशको सत्ता र स्रोतसाधनलाई पेवा ठान्ने ठूला भनिएका पार्टीको हैकम भत्काउन एकजुट हुन जरुरी छ।

फोरम नेपालका केन्द्रीय सदस्य प्रदुम्न चौहन, तराई मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीलगायतले टीका लगाएर उनीहरुलाई पार्टीमा प्रवेश गराए। दुई साताअघि नयाँ शक्ति पार्टीका पर्साका दर्जन बढी नेताहरु फोरममा प्रवेश गर्ने तय भए पनि एकीकरणको वातावरण बन्न लागेकोले स्थगित गरिएको कार्यक्रम आइतबार गरिएको फोरमका जिल्ला उपाध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad