coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले १४ जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगायो

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- नेकपा एमालेले १४ वटा जिल्लामा समन्वय परिषद्को प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। आइतबार अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी समिति बैठकले जिल्ला कमिटी र प्रदेश संगठनको सिफारिसमा नाम टुंगो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

उनका अनुसार रामेछापको प्रमुखमा प्रेमबहादुर खड्का, उपप्रमुखमा दीपा पाख्रिनन, रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल, उपप्रमुखमा सरिता कुँवर छन्।

त्यस्तै डोल्पाको प्रमुखमा शेरबहादुर बुढा, सल्यानको उपप्रमुख कुलबहादुर गिरी, कालिकोटको प्रमुखमा प्रेमबहादुर शाही, उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की, उपप्रमुखमा कमलादेवी शाही, हुम्लाको उपप्रमुख खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी, उपप्रमुखमा दीपा मल्ल छन्।

त्यस्तै मुगुको प्रमुखमा पूर्णबहादुर रोकाय, उपप्रमुखमा कर्णशिला मल्ल, खोटाङको प्रमुखमा बबी चाम्लिङ, उपप्रमुखमा गोमा खत्री, इलामको प्रमुखमा गणेश बराल, उपप्रमुखमा चित्रकला बराइली, बझाङको प्रमुखमा खड्गबहादुर खड्का, उपप्रमुखमा भागिरथी अवस्थी जोशी छन्।

काभ्रेमा भने बैठकले टुंगो लगाउन सकेन। प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई उक्त जिम्मेवारी दिइएको छ। थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन र राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७४ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App