जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

आइतबार, १५ साउन २०७४, १२ : ०५ नागरिक

पोखरा – पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। 

पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइतेमध्ये भोजपुर आमचोक गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने २५ वर्षीय विष्णु राई र दमना गाउँपालिका–९ का ३५ वर्षीय भक्तबहादुर राईको सघन उपचार कक्ष र सामान्य घाइते भोजपुरका ३० वर्षीय म्यान राई, २८ वर्षीय ज्ञानबहादुर राई र ४५ वर्षीय टीकाराम राईको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ। 

पानी परिरहेको थियो राति करिब १० बजेको समयमा ठूलो आवाज आयो के भएछ भनेर बाहिर निस्किएर हेर्दा गाडी पानीमा उत्तानो भएको देखेपछि घटनास्थलमा गएर उद्धारमा लाग्याैँ स्थानीयवासी सुमन थापाले बताए। 

“घटनास्थलमा पुग्दा दुईजना बाहिर हुनुहुन्थ्यो भने गाडीभित्रबाट पानी खाएको आवाज लगातार आइरहेको थियो तत्काल उद्धारमा लाग्यौँ”, उनले भने, “प्रहरी पनि समयमै आएको हुँदा बाँकी चारैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउन सफल भयौँ।” 

जिप चालक भोजपुरका २४ वर्षीय विकास राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । रासस 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad