coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बसको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

काठमाडौँ – धनगढीबाट काठमाडौँ आउँदै गरेको  यात्रुवाहक बसले काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

धादिङको विसालटारमा ना ५ ख ७२३५ नम्बरको बसले ना २९ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका १० का ३० वर्षीय अाशिस उपाध्ययको टाउकोमा गम्भीर चोट लागेको र उनको  मलेखु सामुदायिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरी हवल्दार रेशम प्रजाले बताए । 

 चालक, सहचालक दुवै  प्रहरीले नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ । 

प्रकाशित: १५ श्रावण २०७४ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App