७ वैशाख २०८१ शुक्रबार
समाज

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ। सोलिडारिटी फोर डा गोविन्द केसी अलायन्सले एक विज्ञप्ति प्रकाशित गर्दै पक्राउ परेकालाई तुरुन्त रिहा गर्न भनेको छ।

डा केसीको पक्षमा आज अख्तियार कार्यालय अगाडी प्रदर्शन भएको थियो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर १० जनालाई पक्राउ गरेको थियो भने केही घाइते भएका थिए।

शान्तिपूर्ण प्रदर्शनलाई दबाउनका लागि सडकमा उतारिएको अत्यधिक  सुरक्षाकर्मीले अख्तियारलाई सिंहदरबार भन्दा पनि ठूलो बनाएकोमा सोलिडारिटी फोर डा केसी अलायन्सले चिन्ता ब्यक्त गरेको छ। १५ दिनसम्म पनि डा केसीको मागलाइ गरिएको ब्यवास्थालाई अलायन्सले चरम अलोकतान्त्रिक तथा गैर जिम्मेवार चरित्रको संज्ञा दिएको छ।

प्रहरी दमन र अख्तियार प्रमुख लोकमान सिंह कार्कीले गरिरहेको मनोमानीको बिरोधमा सोमबार बिहान ११ बजे अख्तियार अगाडी अलायन्सले विशाल प्रदर्शन गर्ने जनाएको छ।

 

 

प्रकाशित: ९ श्रावण २०७३ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App