७ वैशाख २०८१ शुक्रबार
राजनीति

सत्तामा रहँदाको देशभक्ति एउटा र सत्ताबाहिर हुँदा अर्को हुँदैन: पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तामा रहँदाको देशभक्ति एउटा र सत्ताबाहिर रहँदाको देशभक्ति अर्को नहुने बताएका छन्। संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै पौडेलले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा फरक ब्याख्या गर्नु अवसरवादी हुने बताए।  

पौडेलले दलहरुबीच सहमतिको लागि आफुले ४ बुँदे प्रस्ताव ल्याएको बताए। 'एमालेलाई धेरै चिढ्याउन हुँदैन भनेर ४ बुँदे सहमतिको प्याकेज राखेको हुँ', उनले भने, 'सत्ताका लागि सहमति होइन व्यवस्थाको लागि सहमति गरौं।'

पौडेलले गणतन्त्रको गौरव राष्ट्रपति भएकोले राष्ट्रपतिलाई अवमुल्यन गर्न नहुने बताए। उनले राष्ट्रपतिले पनि आफ्नो गरिमा पनि राख्नुपर्नेमा जोड दिए।

पौडेलले पटक पटकका परिवर्तन पछि आफु सात सालको परिवर्तन मौलिक र त्यस पछिका परिवर्तन पुरक भएकोमा पुगेको बताए।

पौडेलले संविधान कार्यान्वयन स्थानीय तहबाट सुरु गर्नु पर्नेमा जोड दिए। भारत नेपाल र चीनमा संगसँगै जस्तो परिवर्तन भएको बताउँदै उनले  उनीहरुले कति प्रगती गरे हामीले परिवर्तन थाम्न सकेनौं भन्दै टिप्पणी गरे।

पौडेलले मधेसी दलहरुलाई अतिसयोक्ति नगरि नमिलेका कुराहरु मिलाएर अघि बढ्नु पर्ने बताए।  

प्रकाशित: ९ श्रावण २०७३ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App