७ वैशाख २०८१ शुक्रबार
राजनीति

केरुङ नाकामा एक दिने पासलाई सहज गर्न आग्रह

काठमाडौं- रसुवा जिल्ला प्रशासन कार्यालय र चीनको जिलोङ काउन्टीका अधिबारीबीच सुरक्षा बैठक भएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा चिनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग शनिबार धुन्चे मा सुरक्षा बैठक भएको हो।

बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी न्यौपानेले नेपाल र चीन बीच सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाकाको व्यापार व्यवसायको आयतन वृद्धि हुदै गएको बताए। उनले रसुवावासीले मात्र पासका आधारमा प्रवेश पाउने व्यवस्थाले यस नाकाबाट व्यापार व्यवसाय गर्ने ठूलो समुदाय, व्यापारको सम्भाव्यता अध्ययन गर्न आउने समुदाय, कामदार लगायतलाई कठिनाई भएकोले जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने पासलाई आधारमानी केरुङ सम्म एक दिने पासको व्यवस्था लागु गर्न अनुरोध गरेका थिए।

यसबारे चीनीयाँ पक्षबाट यस नाकालाई तेस्रो राष्ट्रको व्यक्ति समेत आवतजावत गर्न मिल्ने गरी नाका सुचारु गर्न घोषणा भईसकेको र केही समयपछि कार्यान्वयनमा आउने जानकारी दिदै दुवै पक्षले केन्द्रीयस्तरमा पहल गरी केन्द्रीय स्तरबाट सहमती भएमा एक दिने पास लागु गर्न सकिने जानकारी बैठकमा गराएका थिए। पास वाहक यात्रुलाई भएका कतिपय व्यवहारिक कठिनाई हटाउन प्रमुख जिल्ला अधिकारी न्यौपानेले अनुरोधका थिए। उक्त कठिनाईहरु हटाउन सकारात्मक रहेको धारणा चिनियाँ पक्षले जानकारी गराएका थिए। 

स्याउ लगायतका फलफूल ठूलो परिमाणमा नेपाल भित्रिने गरेको र उक्त सामग्रीहरु ढुवानी र क्लियरेन्समा ढिला हुँदा विग्रिने सड्ने गरेकोले त्यस्ता कन्टेनरलाई प्राथमिककता दिन नेपाली पक्षले अनुरोध गरेको थियो।

नेपाल तर्फबाट निकासी वृद्धि गर्न सागसब्जी, मासुजन्य पदार्थ, वोडी, सीमी, आलु, आदि पदार्थ नेपालबाट जारी गरिने फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा चिनतर्फ सहज रुपमा निकासी अनुमति दिन नेपाली पक्षले बैठकमा अनुरोध गरेको थियो।

चिनियाँ पक्षले नेपाल बाट निकासी गर्न सकिने वस्तुको लिस्ट उपलब्ध गराउन र त्यसको गुणस्तर परिक्षण गर्न केहि समयमा टोली पठाउने जानकारी गराउदै केन्द्रीयस्तरबाट समेत यस  सम्वन्धमा पहल हुन अनुरोध गरेको थियो।

सीमा नाकाबाट हुन सक्ने गैर कानूनी क्रियाकलापहरु रोक्न नेपाली र चीनीयाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने, कडाईका साथ चेकजाँच गर्ने र सो सम्वन्धी सूचना एक आपसमा आदान प्रदान गरी समन्वायात्मक तवरले नाकामा परिचालन गर्ने सहमती भएको छ।

नेपाली भूमीमा हुन सक्ने चीन विरोधी गतिविधीका सम्वन्धमा चीनियाँ पक्षबाट चासो व्यक्त भएकोमा, नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको र नेपाली भूमीमा चीन विरुद्ध कुनै पनि गतिविधि हुन नदिन सूचना संकलनलाई बढी प्रभावकारी बनाई आवश्यक सुरक्षा सर्तकता बढाउने नेपाली पक्षकले बैठकमा प्रतिवद्धता  गरेको थियो।

कार्यक्रममा नेपालको तर्फबाट रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, रसुवागढी भन्सार प्रमुख केदार पनेरु, वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँई, रसुवा जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्री फनिन्द्र प्रसाईं, सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण गिरी,  अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई लगायतको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित: १४ श्रावण २०७४ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App