coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन

फाइल फोटो

बागलुङ –  कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका थिए। 

बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखे। 

शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौँबाटै अधिवेशनलाई सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए। 

उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताए। “अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ”, गृहमन्त्री शर्माले भने। 

“मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ” मन्त्री शर्माले भने, “राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ।” 

उनले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्ने समेत दाबी गरे। 

अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए। 

अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । रासस 

प्रकाशित: १४ श्रावण २०७४ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App