७ वैशाख २०८१ शुक्रबार
समाज

बुहारी हत्या आरोपमा सासु पक्राउ

कोहलपुर-बुहारी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले चिसापानी १ की रामदेवी सार्कीलाई नियन्त्रणमा लिएको छ। बुहारी सिता सार्की (२२) लाई हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

बुहारी सीतालाई झुण्डाएर हत्या गरेको भन्दै माइती पक्षले जाहेरी दिएपछि कोहलपुर प्रहरीले सासु रामदेवीलाई नियन्त्रणमा लिएको हो। साउन ६ राती हत्या गरेर घर नजिकको गोठमा झुण्डाएको अवस्थामा सीताको शव फेला परेको थियो । साउन ७  गते बिहान शव झुण्डिएको अवस्थामा गोठमा फेला परेपनि घटना रहस्यमय बन्दै गएको थियो।

शवको पोष्टमार्टम रिपोर्टपछि सत्यतथ्य पत्ता लाग्ने कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । सासु रामदेवी विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिएको उनले भने । मृतक सीताका श्रीमान वैदेशिक रोजगारमा मलेसियामा छन्।

प्रकाशित: ९ श्रावण २०७३ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App