८ वैशाख २०८१ शनिबार
प्रवास

एनअारएनए क्षेत्रीय बैठकका लागि युराेपभरिका नेपाली फ्रेंकफर्टमा

कार्यक्रमबारे जानकारी दिन अायाेजित पत्रकार सम्मेलनका सहभागी। तस्विर: कृष्ण

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठक जर्मनीको फ्रेंकफटमा सुरु हुँदैछ। बैठकमा युरोपका २८ मुलुकबाट करिब ४०० नेपाली जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा भेला भएका छन्। युरोयिन क्षेत्रका अन्तर्राष्ट्रिय समन्वय परिषद, अफ्रिका, एशिया प्यासाफिक एवं अमेरिकाबाट समेत प्रतिनिधि आइपुगेका छन्।

एनआरएनए युरोप क्षेत्रीय संयोजक कुल आचार्यले यो वर्षको बैठकमा व्यवसाय विस्तार तथा लगानी, आर्थिक कुटनीतिक क्षेत्रका विषयमा छलफल हुने जानकारी दिए। युरोप क्षेत्रमा बसोबास गर्ने नेपालीका स्थानीय मुद्दा एवं चासोका विषयमा पनि बैठकमा छलफल हुने उनले बताए। 

अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव डा.बद्री केसी, सचिव अर्जुन श्रेष्ठ फ्रेंकफर्ट आइपुगेका छन्।

बैठकबारे जानकारी दिँदै एनआरएनए युरोप क्षेत्रीय संयोजक कुल आचार्यले यो वर्षको बैठकमा व्यवसाय विस्तार तथा लगानी, आर्थिक कुटनीतिक क्षेत्रका विषयमा छलफल हुने जानकारी दिए। युरोप क्षेत्रमा बसोबास गर्ने नेपालीका स्थानीय मुद्दा एवं चासोका विषयमा पनि बैठकमा छलफल हुने उनले बताए। 

जुलाइ २९ र ३० सम्म चल्ने बैठकबाट आएका निष्कर्षलाई काठमाडौं विश्व सम्मेलनमा पेश गरिनेछ। बैठकको उद्घाटन शनिबार जर्मनीका लागि नेपाली राजदूत रमेश खनालले गर्नेछन्। 

बैठकबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछानेले युरोपबाट भएको लगानी प्रतिबद्धता कार्यान्वयनको अवस्था राम्रो रहेको उल्लेख गरे। ‘गत वर्ष एक अर्बको लगानी गर्ने हाम्रो प्रतिबद्धता थियो। यो एक वर्षमा सो बराबरको लगानी जलविद्युत् र वित्तीय क्षेत्रमा भएको छ। यसको परिणाम छिटै देखिनेछ।’ वेलायतबासी गैरआवासीय नेपालीले मात्रै २७ करोड लगानी नेपाल भित्र्याएको जानकारी कार्यक्रममा दिइएको थियो।

घोषणापत्र जारी हुने तर तिनको कार्यान्वयनको अवस्था फितलो रहेकोबारे सञ्चारकर्मीले प्रश्न उठाएका थिए। 
काठमाडौंमा यसै वर्ष हुने एनआरएनए विश्व सम्मेलन अगाडिको यो सबैभन्दा नजिकको क्षेत्रीय भेला हो। आगामी असोजमा हुने विश्व सम्मेलनले नेतृत्व चयनसमेत गर्ने हुँदा त्यस अगाडिको यो बैठकलाई महत्वका साथ हेरिएको छ। फ्रेंकफर्टका अनौपचारिक बैठकहरुमा चुनाबी विषयले प्राथमिकता पाएको देखिएको छ।

उपाध्यक्ष भट्ट अनुपस्थित
जर्मनीमा होटल व्यवासय गर्दै आएका एनआरएनए उपाध्यक्ष कुमार पन्त र अर्का उपाध्यक्ष जापानका भवन भट्टलाई अध्यक्ष प्रत्यासीका रुपमा हेरिएको छ। फ्रेंकफर्टमो हुने यो बैठकमा भट्ट भने सहभागी नहुने भएका छन्। विशेष काम परेर बैठकमा सहभागी हुन नसकेको प्रतिक्रिया उनले दिए। ‘मेरो सम्पूर्ण तयारी भइसकेर पनि विशेष कारणबस अन्तिम समयमा आएर यात्रा स्थगित गर्नुपरेकाले सबैसँग क्षमायाचना गर्दछु’, उनले फेसबुकमा लेखेका छन्। अध्यक्ष प्रत्यासी पन्तको व्यवसायिक आधार क्षेत्र फ्रेंकफर्टमा हुन गइरहेको सम्मेलनमा भट्टको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित: १४ श्रावण २०७४ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App