विश्व बाघ दिवस : पूरा होला अन्तर्राष्ट्रिय प्रतिबद्धता?

शनिबार, १४ साउन २०७४, ०८ : ०१ सुबोध गौतम

काठमाडौं- सन् २०२२ सम्म नेपालले बाघको संख्या २५० पुर्‍याउने लक्ष्य राखेको छ। अर्कातिर बाघ बासस्थान कृषि भूमि र बस्तीमा परिणत हुँदैछ् भने निकुञ्ज र आरक्ष उनीहरूका लागि सा“घुरिँदै छन्। बाघ संरक्षण क्षेत्रबाहिर विचरण गर्न थालेका छन्। बर्सेनि  संख्या पनि बढिरहेको छ।

अब उपाय के त? डब्लुडब्लुएफ नेपाल, कार्यक्रम निर्देशक शिवराज भट्ट भन्छन्, 'यो लक्ष्यमा पुग्ने हो भने तराईका आठ जैविक मार्ग (कोरिडोर) को कुनै पनि हालतमा संरक्षण गर्नुपर्छ।' सामान्यतः वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग वा वनक्षेत्रलाई कोरिडोर भनिन्छ।

 उनले भने अनुसार बाघलगायत वन्यजन्तु संरक्षणका लागि नेपालले चितवनदेखि शुक्लाफा“टाबीचमा रहेका आठवटा कोरिडोर संरक्षण गर्नुपर्छ। जसले तराईदेखि मध्यपहाड र भारतका संरक्षण क्षेत्रलाई जोडेका छन्।

'वन्यजन्तुको कुनै राजनीतिक वा प्रशासनिक सीमा हुँदैन। त्यसमा पनि बाघ, जसले आफ्नो दैनिकी अन्य वन्यजन्तुको तुलनामा धेरै क्षेत्रफलमा घुमफिर गरेर चलाइरहेको हुन्छ। त्यसैले बाघका लागि यी क्षेत्रको संरक्षण अपरिहार्य भएको छ', भट्ट भन्छन्।

 उनका अनुसार चितवनको बरन्डाभार कोरिडोर जसले अन्नपूर्ण, महाभारत र चुरे हुँदै चितवन राष्ट्रिय निकुञ्जलाई जोडेको छ। निकुञ्जका बाघ बरन्डाभार हँुदै उत्तरतर्फको महाभारत पहाडको फेदसम्म पुग्न थालेका छन्। यसको पुष्टि बरन्डाभार कोरिडोरमा राखिएका सिसी क्यामेरामा कैद भइसकेका छन्। 'त्यसैले चितवनलाई महाभारत पर्वत शृखंलास“ग जोडने यो कोरिडोरको वन क्षेत्र र यहा“ निर्माण हुने भौतिक संरचना वन्यजन्तु मैत्री हुन जरुरी छ', भट्टले भने।

यसैगरी चितवनलाई भारतको बाल्मीकी टाइगर रिजर्भस“ग जोडने सोमेश्वर कोरिडोर, बा“के राष्ट्रिय निकुञ्जलाई भारतको सोहलवा वाइल्डलाइफ सेन्चुरीस“ग जोडने कम्दी कोरिडोर, बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कर्तनियाघाट वाइल्डलाइफ सेन्चुरीस“ग जोडने खाता कोरिडोर छन्। यसैगरी बर्दियालाई नै कर्तनियास“ग जोडने कर्णाली नदी पारीको कणाली कोरिडोर, भारतको दुघुवा राष्ट्रिय निकुञ्जस“ग जोडने वसन्ता र शुक्लाफा“टा वन्यजन्तु आरक्षलाई भारतको दुघुवा राष्ट्रिय निकुञ्जस“ग जोडने लालझाडी कोरिडोरको संरक्षण पनि उत्तिकै अपरिहार्य छ। 

डब्लुडब्लुएफ नेपालका जीवशास्त्री डा. कञ्चन थापाले बाघको संख्या बढाउन निकुञ्ज र आरक्ष मात्र संरक्षण गरेर नपुग्ने बताए। 'बाघ संरक्षित क्षेत्रबाहिर पनि देखिन थालेका छन्। यसको पुष्टि अध्ययनले गरेको छ', उनी भन्छन।

थापाका अनुसार सन् २००९ मा तराई भू–परिधि कार्यक्रम (ताल) ले ओगटेको कुल क्षेत्रफलमध्ये ३७ प्रतिशतमा बाघको गतिविधि देखिएको थियो भने सन् २०१३ सम्म आइपुग्दा त्यो प्रतिशत बढेर ५५ पुगेको छ। 'त्यसैले हामीले कोरिडोर क्षेत्र संरक्षणमा जोड दिनुपर्ने बेला आएकेा छ', उनले भने। उनले नेपालमा बाघको संख्या बर्सेनि थपिँदै गएको बताए। सन् २००८ मा बाघको संख्या १२१ थियो। सन् २०१३ को गणनामा १९८ पुगेको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सन् २०२२ सम्म बाघको संख्या २५० पुर्‍याउने लक्ष्य लिएकेा छ।

संख्या बढेस“गै बाघको आहार र विचरणका लागि पनि संरक्षित क्षेत्र बाहिरका वनजंगल र कोरिडोर जोगाउन पनि जरुरी भएको छ। डमरुले नया“ क्षेत्र ओगटन थालेका छन्। संरक्षित क्षेत्रभित्र संख्या बढ्दा आहार र क्षेत्र उनीहरूलाई कम हुँदै गएको छ। एउटा निकुञ्ज वा आरक्षका बाघ अर्को निकुञ्ज र आरक्षका बाघ घुलमिल भए र तीनबाट डमरु जन्मिए भने वंशाणुगत रुपमा यो संख्या स्वस्थ हुन्छ।

'त्यसैले उनीहरूका लागि कोरिडोर संरक्षण अपरिहार्य भएको छ। अब हामी संरक्षित क्षेत्रबाहिर केन्द्रित हुनुपर्छ', उनले भने। थापाले चुरे क्षेत्र बाघको बासस्थानका लागि सम्भावित र महŒवपूर्ण भएको बताए। उनका अनुसार तराई भू–परिधि कार्यक्रमले ओगटेको क्षेत्रमध्ये ६० प्रतिशत चुरेले ओगटेको छ। यसको ७३ प्रतिशत क्षेत्रफलमा वन छ। सबै कोरिडोर र संरक्षित क्षेत्र यसभित्रै पर्छन्।  'तराईका संरक्षित क्षेत्रहरूले भू–चुरेभित्रको २० प्रतिशत भू–भाग ओगटेका छन', उनी भन्छन्।

थापाले यसै वर्षको अध्ययन उल्लेख गर्दै भने, 'चुरेमा एक सय वर्गकिलोमिटरमा २.२७ वटा बाघ विचरण गरेको पायांै। यसले गर्दा पनि यो क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने देखियो।' 

निर्देशक भट्टले भारतको सीमा र नेपालभित्र निर्माण हुने भनिएका पूर्वाधार विकास निर्माणले वन्यजन्तुका जैविक मार्गहरू समेत मासिने सम्भावना बढेको बताए। 'वनजंगल फँडानी हु“दा जैविक मार्गहरू टुक्रिने सम्भावना बढेको छ', उनले भने।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार, हुलाकी सडक, विद्युत् प्रसारण लाइन, सिँचाइ परियोजना तराईको यही क्षेत्रमा कार्यान्वयन गर्ने योजना बनाएको छ। डब्लुडब्लुएफ, नेपालका वरिष्ठ कार्यक्रम निर्देशक सन्तोषमणि नेपालका अनुसार पूर्व–पश्चिम राजमार्ग विस्तार र हुलाकी मार्गमा पर्ने २२ स्थानमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्न आग्रह गर्दै नेपाल र भारतको डब्लडब्लुएफले विश्व बैंक, एसियाली विकास बैंक र हुलाकी मार्ग आयोजनालाई अध्ययन प्रतिवेदन बुझाएका छन्।

स्न २०१३ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफा“टा वन्जयन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७ र पछिल्लो निकुञ्ज बा“के र त्यसको मध्यवर्ती क्षेत्रमा ४ वटा बाघ फेला परेका छन्। यसअघिको गणनामा चितवनमा ९१, बर्दियामा १८, शुक्लाफा“टामा ७, पर्सामा ४ वटा मात्र बाघ थिए। सन् १९९९ देखि २००६ को बीचमा नेपालमा प्रत्येक वर्ष ५ वटा बाघ सिकारीले मारेका थिए। २००६ देखि ०१२ सम्मको तथ्याङ सरकारले अहिलेसम्म उपलब्ध गराएको छैन।

संसारमा पाइएका ८ प्रजातिमध्ये तीन प्रजाति बाली, जाभा र क्यासपियन सन् १९८० को दशकमै लोप भए।  बाघ स्वस्थ्य पारिस्थितिक प्रणालीको सूचक मानिन्छ। यो एसिया महादेशका १३ राष्ट्रमा मात्र पाइन्छ। अहिले पा“च प्रजातिका मात्र पाइन्छन्। ती प्रजातीमध्ये नेपालमा पाइने बंगाल टाइगर हो, जसलाई पाटे बाघ भनिन्छ।  अन्य प्रजातिको तुलनामा यसको संख्या धेरै छ। विश्व वन्यजन्तु कोष (ग्लोबल) का अनुसार भारत, नेपाल, बंगलादेश र भुटानमा गरी बंगाल टाइगरको संख्या करिब १८ सय ५० छ। यसमध्ये सबैभन्दा बढी भारतमा १४ सयको हाराहारीमा भएको बताइन्छ। अन्य प्रजाति साइवेरियन (४५०), साउथ चाइना (३०–८०), इन्डोनेसियन (३००) र सुमन्त्रा (४००) गरी विश्वका १३ मुलुकमा बाघको अनुमानित संख्या ३ हजार ५५  हाराहारीमा छ। शनिबार विश्व बाघ दिवस मनाइँदै छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...