८ वैशाख २०८१ शनिबार
समाज

छोरी पाएको निहुँमा २० वर्षीया महिलामाथि कुटपिट

श्रीमान र ससुराको कुटाइबाट घाइते भएकी कपिलवस्तु ५ की सबिना खातुन । तस्बिर:किरणमान बज्राचार्य

कपिलवस्तु – छोरा र छोरी बराबरीको नारा घन्कीरहेको बेलामा छोरी पाएको निहुँमा कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउँ की एक महिलालाई निर्घात कुटपिट गरिएको छ । २० वर्षीया सबिना खातुनलाई उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले सार्वजनिक स्थल मै कुटेका हुन् । 

छोराको चाहना राखेका दुवैले गत साउन ११ गते आफन्तको विवाहको समारोह मै लठ्ठी मुक्का र लात्तीले अफ्नो छोरीलाई कुटेको पीडितका बुवा तथा यशोधरा गाउँपालिका– ५ का वडाध्यक्ष लइस पठानले बताए । कुटपिटबाट सबिनाको कान, पिठ्यू लगायत शरीरका विभिन्न भागका नील डाम परेको छ । ढाई महिने दुधे छोरीलाई समेत सबिनाबाट अगल राखिएको छ ।

कुटपिटबाट घाइते भएकी उनलाई उपचारकालागि भैरहवा स्थित युनीभर्सल मेडिकल लगिएको थियो । २ दिनको उपचारले केही कम भएपछि घर ल्याइएको बुवा लइसले बताए । अहिले छोरीको अवस्थामा केही सुधार रहेको उनले बताए । घटना पछि छोरी निकै त्रसित बनेको र आफ्नो घर समेत नजाने निधो गरेकी उनले बताए । 

पीडित सबिनाले आफूलाई दवैले विवाह भएको एक दुर्इृ महिना मै छोरा नपाए ठीक नहुने भन्दै धम्काउने गरेका बताइन । छोरी पाए पछि त आफूलाई श्रीमानले दिनहुँ मानसिक तनाव दिने र कुटपिट गर्ने गरेको उनले बताइन । ‘अल्लाहको मर्जी अनुसार छोरी पाए यसमा मेरो के दोष, किन मलाई  त्यही निहँु बनाई कुट्ने ’ उनले आफूमाथी दिइने गरको यातना बारे सुनाउँदै भनिन् ‘ अब त्यो घरमा म जान्न मलाई कुट्ने दुवै जनालाई कानुनी कारवाही हुनुपर्छ । ’ 

१४ महिना अघि सबिनाको दिलसारसँग धुमधामले विवाह भएको थियो । विवाह लगत्तै दीलसार र ईजहारले आफूलाई वारिसका लागि छोरा नै चाहिएको र छोरी पाए ठीक नहुने भन्दै छोरीलाई धम्की दिने गरेको पीडित की आमा शायराले बताइन् । ‘ विवाह भएको ३ महिना देखि नै छोरीलाई छोरा नै चाहिन्छ भन्दै कुटपिट गर्ने थर्काउने गरिएको थियो, छोरी जन्मे पछि त दिनहुँ कुपपिट गर्थे ’ उनले छोरी माथि गरिएको यातना बारे बताउँदै भनिन् । गत साउन ११ गते राति आफन्त पर्ने सुद्दुको छोरीको विवाह समारोहमा ज्वाई र सम्धी मिलेर आफ्नै अगाडि निर्घात कुटेको उनले बताइन्। ‘ विवाहमा आएका २ सय बढी मानिसका अगाडि दुवैले छोरीलाई कुटे, त्यहाँ रहेका मानिसहरुले नबचाएको भए छोरीलाई कुटेर मार्थे ’  उनले भनिन् । माइतमा रहेकी छोरी आफ्नी ढाई महिने छोरीको बिलाप गर्दै बसेकी छिन् । ‘ दुधेर नातिनीलाई समेत आफैसँग राखेका छ, ल्याउन भन्दा दिन्न भन्छन ’ उनले भनिन् । 

दुवैको मुस्लिम परम्परा अनुसार धुमधामसँग विवाह भएको थियो । विवाहमा केटा पक्षले मागे अनुसार केटी पक्षले दाइजो समेत दिएका थिए । ११ लाख भारुको महिन्द्रा कान्टो गाडी, ४० हजारको घडी, ५ तोला सुन लागतयका सामाग्री दाइजो स्वरुप दिएको पीडितका बुवा लइसले बताए । ‘भने जति दाइजो दिएँ, तर छोरी पाएको निहुँमा यसरी छोरीमाथी गरिएको कुटपिट सहन्न ’ उनले भने ‘कानुन अनुसार कारवाहीका लागि लड्ने छु ’ । घटना विषयमा पीडित र पीडक दुवै पक्षको प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रसनि ईन्द्रा गिरीले बताइन । ‘ एक अर्कालाई दोष लगाई दुवै पक्षको उजुरी परेको छ ’ उनले भनिन् । दुवै पक्ष र पीडित भनिएको महिलासँग कुराकानी गरे पछि सत्यतथ्य बाहिर आउने उनले बताइन् ।

 प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले दुवै पक्षलाई प्रहरी कार्यालयमा बोलाइएको बताए । ‘ छलफल गर्छौ, त्यसै अनुसार कानुनी प्रक्रिया अघि बढाउँछाैं ’ उनले भने । विवाह भएको एक दुई महिनामा नै छोरीको विषयलाई लिएर दुवै परिवारबीच सम्बन्ध समेत चिसिएको स्थानीय बताउँछन । उता सबिनाका पति दिलसारले आफूले श्रीमतीलाई केही नगरेको दाबी गरे । ‘ खाना पकाउन भनेकोथे मानिन, सामान्य भनाभन मात्र भएको थियो’ उनले भने ‘विवाहको दिन के भयो भन्ने दुई सय बढी मानिसले देखको छन, मेरो केही गल्ती छैन् ’ । सासु र श्रीमितीबिच कुराकानी पछि श्रीमितीले ढाई महिने छोरीलाई यत्तिकै छाडेर गएको उनी बताउँछन ।  

 

प्रकाशित: १३ श्रावण २०७४ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App