एक किलो अवैध सुनसहित दुर्इ जना पक्राउ

शुक्रबार, १३ साउन २०७४, १८ : ४७ नागरिक

गौर – रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। 

वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट शुक्रबार करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। 

काठमाडौँबाट गौरतर्फ आउँदै गरेकोे भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताए। 

पक्राउ गरिएको पहेलो धातु नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटले परीक्षण गरेपछि सो धातु सुन नै भएको प्रमाणित गरे पछि उक्त सुन आन्तरिक राजस्व कार्यालय पथलैयालाइ बुझाइएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। 

अभियुक्तहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको टाटा स्पेसिओ गोल्ड गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad