coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

द्वन्द्वपीडितलाई  पाँच करोड राहत

पोखरा – कास्कीका द्वन्द्वपीडितलाई रु पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ। 

दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए । 

उनका अनुसार पीडितका परिवारले रु पाँच पाँच लाख पाएका छन् । मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले रु १० लाख पाउनुपर्नेमा रु पाँच लाख यसअघि नै पाइसकेका थिए । 

त्यस्तै द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले रु ५८ लाख ५० हजार पाएका छन् । उनीहरुका परिवारले यसअघि रु आठ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी रु एक लाख ५० हजार पाएका छन् । यसरी नै हिरासत बसेका ६२ जनाले रु २५ हजारका दरले रु १५ लाख ५० हजार र विस्थापित २५ परिवारले रु २५ हजारका दरले रु छ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताए। रासस 

प्रकाशित: १३ श्रावण २०७४ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App