coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरी गर्ने बाबुछोरा प्रक्राउ

रुकुम –जिल्ला सदरमुकाम मुसीकोट खलंगाको एक पसलमा चोरी गर्ने बाबुछोरालाई सामानसहित प्रहरीले प्रक्राउ  गरेकाे छ। मुसीकोट नगरपालिका ४ कोल्टाकुराका लक्ष्मी प्रसाद शर्मा र उनका छोरा चोरीका समानसहित प्रक्राउ परेका हुन् ।

एक साता अघि जिल्ला सदरमुकाम मुसीकोट खलंगाको प्रतिक्षा इलेक्ट्रोनिक पसलवाट शर्माका बाबुछोराले दुई लाख बराबरका इलेक्ट्रोनिक सामान चोरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थमनबहादुर रजालीले जानकारी दिए । छोरा बालक भएकाले नाम भने प्रवक्ता रजालीले खुलाउन चाहेनन् । उनीहरूमाथि चोरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक समेत रहेका रजालीका अनुसार शर्माका बाबुछोरा एक अर्कालाई आरोप लगाइरहेका छन् । सामान सोही गाउँ नजिकैको ओढारमा लुकाइ राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक रजालीले जानकारी दिए । छोरा यसअघि पनि रुकुम उद्योग वाणिज्य संघमा चोरी गरेको अाराेपमा प्रक्राउ परेका थिए ।

प्रकाशित: १३ श्रावण २०७४ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App