coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरी –  बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। 

सांसद रञ्जीत कर्णको समन्वयमा नोबेल मेडिकल कलेज विराटनगरद्वारा सदरमुकाम राजविराजमा आयोजित सो शिविरमा बाढीबाट प्रभावित गरिब तथा विपन्न वर्गका एक हजार ५०० जनाले स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको बताइएको छ । 

विभिन्न खोला र नदीमा आएका बाढीेबाट प्रभावित सप्तरीका मैनाकडेरी, भेडिया, पोर्ताहा, भारदह, तिलाठीलगायतका बाढीपीडितलाई शिविरमा निःशुल्क उपचार गरिएको नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। 

उनले आफ्नो अस्पतालले गरिब तथा विपन्न वर्गका लागि न्यूरोसहित मिर्गौलाको निःशुल्क डायलायसिस र मुटुरोगको पनि निःशुल्क उपचार शुरु गरेको जानकारी दिए। 

यसैबीच सप्तरीका गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कुकुरको टोकाइले लाग्ने रेबिज रोगविरुद्ध लगाइने खोपको अभाव भएको छ । 

विगत चार महिनादेखि सो खोपको अभाव भएको अस्पतालले जनाएको छ । 

दैनिक आठदेखि १० वटा कुकुरले टोकेको बिरामी सो अस्पतालमा उपचारका लागि आउने गरेका छन्। रेबिजविरुद्धको खोपको माग गरिएको र छिट्टै आउने विश्वास अस्पताल प्रशासनको छ। 

प्रकाशित: १३ श्रावण २०७४ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App