तत्काल सरकारमा नजाने राप्रपाको निर्णय

शुक्रबार, १३ साउन २०७४, १४ : ५१ नागरिक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । 

पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। 

बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ। 

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ। 

आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ। 

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad