५ वैशाख २०८१ बुधबार
समाज

एक किलो सुनसहित दुई जना पक्राउ

रौतहट- अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो।

बिहीबार राति बम नहर क्षेत्रमा प्रहरीले करिब ११ बजे बीआर०५सिए ०९१२ नम्बरको गाडीलाई चेकजाँच गर्दा गौर नगरपालिका ७ का सरोज यादव र गौर ५ का दिनानाथ गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

अवैध सुन निकासीको सूचना पाएपछि रौतहट प्रहरी चेकजाँचमा बसेको थियो। पक्राउ परेको गाडी, दुई जना तस्कर र एक किलो सुन मध्यमाञ्चल राजस्व कार्यालय पथलैयामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०७४ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App