coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ

विराटनगर- मध्य साउनसम्म पनि पर्याप्त वर्षा नभएपछि पूर्वमा गत वर्षको तुलनामा न्यून रोपाइ“ भएको छ। पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइ“ सकिएको छ। पोहोर यो बेलासम्ममा ६७ प्रतिशत रोपाइ“ सकिएको थियो।

तत्काल वर्षा नभए पूर्वाञ्चलको धान उत्पादन पोहोरको तुलनामा २५ प्रतिशतले घट्ने अनुमान अधिकारीहरुको छ।

वर्षा नै नभएपछि रोपाइ“को चटारो हुने समयमा पनि सिँचाइ सुविधा नभएका स्थानका किसान फुर्सदिला छन्। मानो रोपेर मुरी उब्जाउने सिजनमै फुर्सद भएपछि अनिकाल लाग्ने चिन्ताले किसानलाई सताउन थालेको छ। सिँचाइ सुविधा भएका ठाउँमा किसानले जेनतेन रोपाइ“ गरिरहे पनि अकासे पानीमा भर पर्नुपर्ने ठाउँका किसान आकाश हेरेरै दिन बिताउन बाध्य छन्। आकाशमा 'बादल देखिने तर, पानी नपर्ने समस्याले हैरान पारेको छ,’ मोरङ अमाही बर्यातीका किसान वैजनाथ मण्डलको गुनासो छ।

पोहोर असार मसान्तमै धान रोपिसकेका मण्डललाई यो वर्ष कसरी रोपाइ“ गर्ने भन्ने चिन्ता छ। अकासे पानीको भरमा खेती गर्दै आएका अमाही बर्यातीकै अर्का किसान हरिलाल मण्डलको चिन्ता पनि उस्तै छ। चार बिघा खेतमध्ये अहिलेसम्म एक कट्ठामा पनि रोपाइ“ भएको छैन। यो वर्ष जम्मा एक दिन पानी परेर रोकिएको, त्यसपछि पानी नै नपरेको मण्डलले बताए। पानी नपरेपछि एकातर्फ किसानले रोपाइ“ गर्न पाएका छैनन् भने अर्कोतर्फ रोपेको धान पनि खडेरीले सुकेको छ। कतिपय किसानले रोपाइ“का लागि हिल्याएर राखेको खेत पनि लामो खडेरीले सुकेपछि दोहोरो खर्च भएको छ।

पोहोर समयमै रोपाइ“ भएकाले प्रतिकट्ठा पाँचदेखि ६ मनसम्म धान फलाएका मोरङका किसानलाई पानी नपरेपछि उत्पादन घट्ने चिन्ताले सताएको छ। 'रोपाइ“ ढिलो भए धान थोरै फल्छ,’ अर्का किसान नारायणप्रसाद दासले भने। दुई बिघा खेतमा धान खेती गर्दै आएका दासले पानी परेको मौका छोपेर एक बिघामा रोपाइँ गरे पनि लामो खडेरीले सुक्न थालेको छ। उनले भने, 'तत्काल पानी नपरे धान रोप्न ढिला हुने मात्रै होइन, रोपेको धान पनि सुकेर दोहोरो नोक्सान हुन्छ।’

हालसम्म मोरङमा ४० प्रतिशत मात्रै रोपाइ“ सकिएको छ। जिल्ला कृषि विकास कार्यालय मोरङका अनुसार मोरङको दक्षिणी क्षेत्रमा असाध्यै कम रोपाइ“ भएको छ। मोरङमा भदौसम्म नै रोपाइ“ हुने भए पनि ढिलो गर्दा उत्पादनमा ह्रास आउँछ। मोरङमा ७८ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ। सोमध्ये हालसम्म ३१ हजार हेक्टरमा मात्रै रोपाइ“ सकिएको छ।

पूर्वका अन्य जिल्लामा पनि यो वर्ष धान रोपाइ“को अवस्था उस्तै छ। लामो समय खडेरी परेकाले रोपाइ“ प्रभावित भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत अरुण घिमिरेका अनुसार पूर्वका उच्च पहाडी क्षेत्रमा धान रोपाइ“ हुने सिजन सकिएको छ।

मध्यपहाडी क्षेत्र र तराईमा धमाधम रोपाइ“ हुनुपर्ने भए पनि वर्षा नहु“दा यसको गति सुस्त छ। हालसम्म पूर्वको ताप्लेजुङ र सोलुमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाइ“ सकिएको छ। पा“चथर, तेह्रथुम र खोटाङमा ८० प्रतिशत सकिएको छ। भोजपुरमा ७५, ओखलढुंगामा ७०, झापामा ६२ प्रतिशत रोपाइ“ भएको निर्देशनालयले जनाएाके छ। उसका अनुसार संखुवासभामा ५०, इलाममा ५२, धनकुटामा ३५, उदयपुरमा ४०, सुनसरीमा ५५ र सप्तरीमा ४० प्रतिशत सकिएको छ। पूर्वमा सबैभन्दा कम रोपाइ“ सिरहामा भएको छ। त्यहाँ हालसम्म २५ प्रतिशत मात्रै सकिएको छ।

साउनको दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नभएपछि रोपाइ“ प्रभावित हुनुका साथै ब्याडमै बीउ सुक्ने र रोपेको धान पनि सुक्ने समस्या देखिन थालेको छ। सिँचाइ सुविधा नभएका ठाउँको अवस्था एकदमै दयनीय भएको घिमिरे बताउ“छन्। तत्कालै पर्याप्त वर्षा नभए पूर्वमा गत वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढीले धान उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयको अनुमान छ। निर्देशनालयका अनुसार पूर्वमा धान रोपाइ“ हुने कुल चार लाख ७८ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म दुई लाख ४३ हजार हेक्टरमा मात्रै रोपाइ“ सकिएको छ।

प्रकाशित: १३ श्रावण २०७४ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App